Kakhara सबैको खबर सम्पूर्ण खबर
माओवादी केन्द्र सिस्नेले गठन गर्यो निर्वाचन परिचालन समिति

नेकपा माओवादी केन्द्र सिस्ने गाउँपालिका रुकुम पूर्वले निर्वाचन परिचालन समिति गठन गरेको छ । १८ र १९ गते रुकुमकोटमा बसेको पार्टीको दोस्रो बैठकले कृष्ण रेग्मी संयोजक तथा कुमारी बराल सह संयोजक रहेकाे निर्वाचन परिचालन समिति गठन गरेकाे हाे ।

संयोजक रेग्मीले सानीभेरीभेरी पारी अर्थात वडा नम्बर १ देखि ४ सम्म निर्वाचन सम्बन्धीको अभियान तथा पार्टीका भेला बैठक सम्मेलन लगायतका सम्पूर्ण कार्यक्रमको नेतृत्व गर्नुहुने छ । यस्तै सह संयोजक बरालले सानीभेरी वारी वडा नम्बर ५ देखि वडा नम्बर ८ सम्म निर्वाचन सम्बन्धिको अभियान तथा पार्टीका भेला बैकठ सम्मेलन लगायत सम्पूर्ण कार्यक्रमको नेतृत्व गर्ने नेकपा माओवादी केन्द्र सिस्ने गाउँपालिका अध्यक्ष मन्सराम खड्का भिक्टरले जानकारी दिनु भयो ।

बैठकले पार्टीका जनवर्गिय संगठनका भेला, बैठक तथा सम्मेलनहरु गर्ने निर्णय गरेको छ । यही फागुन ३० गतेभित्र सबै जनवर्गिय संगठनका भेला, बैठक र सम्मेलन गरिसक्ने निर्णय पनि बैठकले गरेकाे छ । बैठकमा केन्द्रीय सदस्य गणेशमान पुन, दलजित श्रीपाली, तेजबहादुर ओली, सुवोधराज शेर्पाली लगायतले प्रशिक्षणमूलक मन्तव्य राख्नुभएको थियो । 

प्रकाशित मिति: बिहीबार, फागुन १९, २०७८  १४:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update