भूमेमा ५५ वटा कुकुरलाई रेविज विरुद्धको खोप
रुकुम पूर्वको भूमे गाउँपालिका पशु सेवा शाखाले सार्वजनिक विदाका दिन पनि रेविज विरुद्धको खोप लगाएको छ । गाउँपालिका भित्र रेविजको लक्षण देखिएर केही कुकुरहरु मरेसंगै शाखाले रेविज खोप नियमित गरेको हो ।
शाखाको वार्षिक कार्यक्रम अन्तर्गत खोप कार्यक्रम सञ्चालन गरिएको हो । फागुन ५ गते देखि रेविज खोप नियमित रुपमा संचालित छ । आफ्नो कुकुरलाई खोप लगाउन चाहने किसानहरुले पशु सेवा शाखामा सम्पर्क गर्न सक्ने छन् ।
खोप कार्यक्रमबाट आजसम्म २१ जना किसान लाभान्वित पशु सेवा शाखा प्रमुख नारायण ओलीले जानकारी दिनुभयो । जसमा महिला १२ जना र पुरुष ९ जना रहेका छन् । त्यस्तै आजसम्म ए.आर.भी भ्याक्सिन लगाउने कुकुरको संख्या ५५ पुगेको छ । आज मात्रै १५ ओटा कुकुरलाई भ्याक्सिन लगाइएको शाखा प्रमुख ओलीले बताउनुभयो ।
प्रकाशित मिति: बिहीबार, फागुन १९, २०७८ १७:२२
प्रतिक्रिया दिनुहोस्