रूकुम पश्चिमकाे मुसीकाेट नगरपालिका वडा नम्बर ७ मा याेङ्ग कम्युनिष्ट लिग (वाइसीयल) नेपालकाे वडा समिति चयन गरिएकाे छ । आज भएकाे वडा भेलाले राजु बिककाे अध्यक्षतामा ४९ सदस्यीय समिति गठन गरेकाे हाे ।
उपाध्यक्षमा सुनिल पाण्डे र हिमाल पुरी, सचिव राजेश गिरी, सह सचिव जीवनबहाद पाण्डे र गंगा पुन तथा काेषाध्यक्षमा सृजना बिक चयन हुनुभएकाे छ । साँखमा भएकाे भेलामा वाइसीयलका केन्द्रीय अनुशासन आयाेग सदस्य भूषण रावलकाे प्रमुख र नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश सदस्य जयबहादुर पाण्डेकाे विशेष आतिथ्यता रहेकाे थियाे ।
त्यस्तै भेलामा वाइसीयलका नगर इन्चार्ज डम्बर थापा, पार्टी वडा इन्चार्ज कलबहादुर कँवर, वाइसीयलका नगर सचिव राजु बिक, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य दिपेन्द्र बुढा लगायतकाे पनि आतिथ्यता रहेकाे थियाे ।