Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुमकोटमा सार्वजनिक शौचालयको अभाव

रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा सार्वजनिक शौचालय नहुदा नगरिकलाई समस्या भएको छ । सिस्ने गाउँपालिकाको ५ र ६ नम्बर वडाका बजार क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा कामको शिलशिलामा जिल्लाको विभिन्न ठाउँबाट आउने नागरिकलाई समस्या भइरहेको हो ।  

२०७४ असोज १९  गतेबाट छुट्टै जिल्लाको रुपमा कामकाज थालेको रुकुमकोट बजार भित्र अहिले सम्म सार्वजनिक शौचालय बन्न सकेको छैन ।  ५ नम्बर वडाको चोकबजार र ६ नम्बर वडाको छिप्रीदह बजार जिल्लाका ठूला बजार तथा व्यापारिक केन्द्र हुन । यी दुवै बजार क्षेत्रमा शौचालय निर्माण गरिएको छैन ।

बजार क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा समस्या भोग्नु परिरहेको सिस्ने २ सुद्रीका लालजित रोकाले बताउनुभयो । विभिन्न कामको लागि जिल्ला सदरमुकाम सम्म आउने नागरिकलाई बजारमा शौचालय नहुदा ठुलो समस्या भएको  भूमे गाउँपालिका ९  चुनवाङका नवराज पुनले दुखेसो गर्नु भयो ।

सिस्ने गाउँपालिकाले बजार क्षेत्रमा सार्वजनिक जग्गा नहुँदा शौचालय बनाउन नसकेको जनाएको छ । उपाध्यक्ष गोबरधन बुढाले शौचालय निर्माणका लागि सार्वजनिक जग्गाको अभाव रहेको बताउनुभयो । कुनै पनि संरचना निर्माण गर्न राज्यले व्यक्तिगत जमिन किन्न मिल्ने प्रावधान नहरेकाले पनि समस्या भएको भनाई उहाँको छ ।

 गाउँपालिकाले जिल्ला प्रहरी कार्यालय नजिकै रहेको सार्वजनिक जग्गामा भने २ वर्ष अघि नै शौचालय त निर्माण गरेको गरेको छ । तर त्यो शौचालय प्रयोगमै आएको छैन । शौचालय प्रयोगमा ध्यान नदिइएको सर्वसाधारणले जनाएका छन् । 

प्रकाशित मिति: शुक्रबार, फागुन २०, २०७८  ०५:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update