नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र निकट युवाको संगठन योङ्ग कम्युनिस्ट लिग (वाइसिएल) त्रिबेनी गाउँपालिकाकाे अध्यक्षमा यमन बाँठा चयन हुनु भएकाे छ । तेस्रो गाउँ सम्मेलनले बाँठाकाे अध्यक्षतामा ६० सदस्यीय गाउँपालिका समिति गठन गरेकाे हाे । शेरबहादुर मल्लको अध्यक्षतामा सम्पन्न भएको सम्मेलनले उपाध्यक्षमा विशाल ओली र राजन डाँगी, सचिव रेशम पुन,सह-सचिव कमल ओली,निर्मल पुन र गजेन्द्र खड्कालाई चयन गरेकाे छ ।
त्यस्तै कोषाध्यक्षमा सविन ओली र कार्यलय सचिवमा जनक केसी चयन भएका छन् । सम्मेलनले विभिन्न आयोग पनि गठन गर्नुका साथै आयोग प्रमुख पनि चयन गरेको छ । अनुशासन आयोग प्रमुखमा खड्क ओली, लेखा आयोग प्रमुखमा चक्र घर्ति मगर र निर्वाचन आयोग प्रमुखमा गोपाल ओलिलाई चयन गरेको छ । त्रिवेणी गाउँपालिका २ सिम्रुतुमा रहेको शहिद स्मृति प्रतिष्ठान को सभाहलमा सम्पन्न भएको सम्मेलनमा वाइसिएल नेपाल केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश समिति सह संयोजक शैलेशकुमार शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार सदस्य मिनबहादुर ओली, कर्णाली प्रदेश समिति सदस्य झक्कुप्रसाद घर्तीकाे बिशेष आतिथ्यता रहेको थियो । सम्मेलनमा कर्णाली प्रदेश समिति सदस्यहरु गणेशकुमार केसी, मोहनकिशोर ओली, निर्मला बिष्ट खड्का, नेकपा माओवादी केन्द्र त्रिवेणी गाउँपालिका समिति अध्यक्ष गणेश खड्का,वाइसिएल नेपाल जिल्ला अध्यक्ष जनककुमार बिश्वकर्मा,जिल्ला इन्चार्ज लक्ष्मण ओली लगायतका नेताहरुको आतिथ्यता रहेको थियो ।