Kakhara सबैको खबर सम्पूर्ण खबर
प्रेस चौतारी र समाजवादी प्रेस संगठनकाे उपाध्यक्ष बनाइएकाले भने संगठनमा छैनौं 

प्रेस चौतारी नेपाल रुकुम पश्चिम र समाजवादी प्रेस संगठन नेपाल रुकुम पश्चिमको कार्यसमितिमा राखिएका उपाध्यक्षले संगठनमा नबस्ने घोषणा गरेका छन् । प्रेस चौतारीको उपाध्यक्षमा राखिएका ध्रुवराज केसी र समाजवादी प्रेस संगठनको महिला उपाध्यक्षमा चयन भएकी पुष्पा ओलीले संगठनमा नरहेको घोषणा गर्नुभएको हो ।

फागुन १७ गते मुसीकोट खलंगामा भएको प्रेस चौतारीको भेलाले हिरा परियारको अध्यक्षतामा नयाँ जिल्ला कमिटी निर्माण गरेको थियो । जसको उपाध्यक्षमा ध्रुवराज केसीलाई राखिएको थियो । त्यसको लगत्तै केसीले फेसबुक मार्फत आफु अहिले कुनै पनि संघ संगठनमा सक्रिय नरहेको र आफु सहभागि नभएको भेलाबाट उपाध्यक्षमा राखिएको खवरले आफुलाई अचम्मित बनाएको बताउनुभएको थियो । 

प्रेस चौतारीले जिल्ला उपाध्यक्षमा राखेका ध्रुवराज केसीले सार्वजनिक गरेको धारणा ।

त्यस्तै बिहिबार मुसीकोटमै भएको समाजवादी प्रेस संगठनको जिल्ला भेलाले भरत चन्दको अध्यक्षतामा जिल्ला कमिटीको नयाँ नेतृत्व चयन गरेको थियो । जसको महिला उपाध्यक्षमा पुष्पा ओलीलाई राखिएको थियो । लगत्तै ओलीले आफुलाई झुक्याएर संगठनमा राखिएको भन्दै संगठनमा नबस्ने जानकारी गराउनुभयो । 

एक नोट जारी गर्दै आफु प्रेस चौतारीको जिल्ला कार्यसमिति सदस्य रहेको र सबै पार्टी एउटै होला भनेर गएको बेला आफुलाई समाजवादी प्रेस संगठनले उपाध्यक्षमा राखेपनि उक्त पद आफुलाई मन नपरेको र आफु प्रेस चौतारीकै जिल्ला सदस्य रहेको जानकारी गराउनुभएको छ । 

समाजवादी प्रेस संगठनले जिल्ला उपाध्यक्षमा राखेकी पुष्पा ओलीले जारी गरेको नोट । 


 

प्रकाशित मिति: शुक्रबार, फागुन २०, २०७८  ११:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update