नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र आठबीसकोट रुकुम पश्चिमले निर्वाचन परिचालन समिति गठन गरेको छ । पार्टीका इन्चार्ज गोर्खबहादुर केसी सन्देश कमाण्डर रहेको १ सय १ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको माओवादी केन्द्र आठबीसकोटले जनाएको छ । नगर पार्टीको चौथो बैठकले निर्वाचन परिचालन समितिमा प्रदेश समिति, नगर समिति, जिल्ला समन्वय समिति तथा पार्टीका वडाध्यक्षहरुलाई राखिएको छ ।
निर्वाचन परिचालन समितिले नगरपालिकालाई दुई भागमा बाँडेर कार्यक्रम गर्ने छ । सन्देश नेतृत्वको टोलीले १ देखि ६ नम्बर वडासम्मको कार्यक्रम गर्ने छ भने रातो कामी नेतृत्वको समितिले ७ देखि १४ नम्बर वडासम्मको कार्यक्रम गर्ने छ । सन्देश नेतृत्वको समिटिमा गंगाराम चदारा, जनक बटाला, हरिभक्त खड्का सदस्य छन् भने रातो कामी नेतृत्वको समितिमा गीता नेपाली, चन्द्रबहादुर बुढा र रवि केसी सदस्य छन् ।
पार्टीका नगर अध्यक्ष रवि केसीका अनुसार बैठकले स्थानीय तहको उम्मेदवार छनौट, सुझाव तथा सिफारिस समिति पनि बनाएको छ । गोर्खबहादुर केसी संयोजक रहेको समिति बनाइएको छ । समितिमा रातो कामी, चन्द्रबहादुर बुढा, गंगाराम चदारा, गीता नेपाली, रवि केसी, जनक बटाला र हरिभक्त खड्का रहेको अध्यक्ष केसीले जानकारी दिनुभयो । बैठकले २४ सदस्यीय सचिवालय गठन गरेको छ । बैठकले सबै वडाको इन्चार्ज समेत तोकेको अध्यक्ष केसीले बताउनुभयो ।
१ नम्बर वडा इन्चार्जमा देवबहादुर घर्ती, २ को इन्चार्जमा देवबहादुर यरी, ३ मा अमरसिं यरी, ४ मा दिनानाथ विक, ५ मा धनबहादुर बस्नेत ६ मा डिल्लीबहादुर सार्की र ७ नम्बर वडाको इन्चार्जमा अमृत बुढा चयन भएका छन् । ८ नम्बर वडा इन्चार्जमा मानबहादुर चदारा, ९ मा मणिराज बटाला, १० मा प्रेमा शाह, ११ मा गोर्खे कामी, १२ मा खम्मे कुसारी, १३ मा टेकबहादुर थापा र १४ नम्बर वडाको इन्चार्जमा हुकुमबहादुर पुनलाई तोकिएको छ ।
फागुन २१ देखि २८ गतेसम्म सबै वडाको बैठक गरिसक्ने निर्णय गरिएको छ । बैठकले नगर सचिव गोर्खे कामी 'गम्भिर' संयोजक रहेको प्रचार प्रसार समिति पनि गठन गरेको छ । समितिको सदस्यमा मानबहादुर बटाला, मनबहादुर घर्ती, कविराम विक, प्रेमजंग शाह,सत्य बटाला, इतिहास परियार, खुमराज ओली, सुनिल विक, जनक खत्री र दिपक बटाला चयन भएका छन् ।