Kakhara सबैको खबर सम्पूर्ण खबर
अदुवा र वेसार उत्पादनमा मुसिकोटले अनुदान दिने 

रुकुम पश्चिको मुसिकोट नगरपालिकाले अदुवा तथा बेसार को वीउ तथा सामग्री अनुदान दिनेभएको छ । नगर कृषि विकास शाखाको आर्थिक वर्ष २०७८÷०७९ को स्वीकृत कार्यक्रमबाट ५० प्रतिशत अनुदानमा वीउ र सामग्री उपलब्ध गराइने भएको  हो । 

अनुदानका लागि मुसिकोट नगरपालिका भित्रका कम्तिमा १ रोपनी जमिनमा अदुवा बेसार खेति गर्न इच्छुक कृषि समुह, कृषि फर्म र कृषि सहकारी सस्थाहरुले फाल्गुन २७ गते भित्र कृषि विकास शाखामा आवश्यक कागजात सहित आवेदन दिन सक्ने शाखा अधिकृत प्रेमबहादुर खत्रीले जानकारी दिनुभयो ।  

अनुदानका लागि जग्गा धनि पुर्जाको प्रतिलिपी, जग्गा करारमा लिएको भए करारनामको प्रतिलिपी, व्यक्तिको हकमा नागरिकताको प्रतिलिपी,  समुह सहकारी हकमा दर्ता प्रमाण पत्रको प्रतिलिपी र निवेदन दिनुपर्ने अधिकृत खत्रीले बताउनुभयो ।।

प्रकाशित मिति: शनिबार, फागुन २१, २०७८  ०८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update