नयाँ नेपालका सम्माननीय पुरानै प्रधानमन्त्री ज्यू ।
स्वास्थ्य लाभको कामना ।
भक्कानिएको मुटु र काँपि रहेका हातलाई थाम्दै, देख्न नसक्ने आँखा र लेख्न नसक्ने कलमलाई छाम्दै, टुटेका हृृृदय र फुटेका छातिलाई मिच्दै यो पत्र लेख्न वाध्य भएको छु ।
मञ्जु श्री, भुक्तमान, धर्माकर, यलम्बर, अंशुवर्मा, नरभूपाल, पृथ्वीनारायण, पृथ्वीपति, रणबहादुर, गृवाणयुद्ध, त्रैलोक्य, राजेन्द्र, शुरेन्द्र, त्रिभूवन, महेन्द्र, विरेन्द्र, ज्ञानेन्द्र, बहादुर, जनक, वुद्ध, भृकुटी, सीता, भिमसेन, अमरसिंह, वलभद्र, फत्तेजंग, रंगनाथ, रणजंग, दामोदर, कालु, पुष्कर, माथवरसिंह, जंगवहादुर, बवर शमशेर, वीर शमशेर, देव शमशेर, चन्द्र शमशेर, भिम शमशेर, जुद्ध शमशेर, पद्म शमशेर, मोहन शमशेर, मातृका, टंकप्रसाद, के आई सिंह, शुक्रराज, गंगालाल, धर्मभक्त, दशरथ, सुवर्ण, वि.पि., सुर्यबहादुर, किर्तिनीधि, नगेन्द्र, तुलसी, लोकन्द्रबहादुर, मरिचमान, गिरीजा, मनमोहन, शेरबहादुर, माधव, झलनाथ, प्रचण्ड, बाबुराम, खिलराज, के.पि यी सडकमा गुच्चा खोल्नेका नाँउ हाेईनन् ।
सगरमाथा, कञ्चनजंघा, ल्होत्से, मनाश्लु, धौलागिरी, चोयु, पाथीभरा, माइपोखरी, सभापोखरी, विजयपुर, पशुपतिनाथ, स्वयंभु, भद्रकाली, गुह्वेश्वरी, नारायणहिटी, सिंहदरबार, हनुमानढोका, बागदरबार, पाटन, भक्तपुर, केशरमहल, छिन्नमस्ता, मनकामना, रारा, फेवा, तिलिचो, से–फोक्सोण्डो, चितवन, कोशी, नारायणी, कर्णाली, पाल्पा, भादगाउँ, पोखरा, अन्नपूर्ण, स्वर्गद्धारी, गोसाईकुण्ड, कुमाउ, गडवाल, अलमोडा, टिष्टा, काँगडा, कालापानी, तीनचुरे........यी एकादेशका नाउँ होईनन् ।
खाराको वस्ती, मेलगैरीको गोठ, गामको जंगला, लिस्नेको भीर, चुनवाङको उकालो, नौ मुलेको खोँच, जुरेको पैरो, घोराहीको शहर, जुम्लाको वजार, दोरम्वाको घटना, सुखानीको बेदना, बाँदरमुडेको पीडा........सवैको मानसपटलमा उजागरीत छ ।
झिंगाको सरापले डिङ्गा नमर्ने उखान उल्टीएका छन् यो कलि हो । पिलो निचोर्दा उचाई मात्र नघट्ने हो ओजन के हुन्छ तापतौल गर्नुपर्छ । साढु र सम्धी काखी च्यापी विभाग र मन्त्रालयतिर कसले गरीरहेका छन् ? तपाईलाई सोध्न मन लागिरहेको छ । सिंहदरबारको जात्रा भ्रष्टाचारको व्यापार कहाँ भइरहेको छ ?, कस्तुरीले खोजेको बीना हो कि विनाश ? नाकाबन्दीको सामना गर्ने स्वाभिमानी त मरिचमान पनि थिए । विच्छी, सर्प र मान्छेको विष सबैलाई थाहा नहुन सक्छ । जस्तो काम उस्तै परिणाम चरिथार्य भएको छ । जो चोर उसैको ठुलो स्वर किन हुन्छ ? धमिराले मर्ने बेलामा प्वाँख निकाल्छ, जवानीमा स्याल पनि घोर्ले हुन्छ । अहंकार, आडम्वर र दम्भ विकास, समृद्धि र सुशासनमा देखाउने हो । संविधान, कानुन र जनतामा होईन् ।
नाकावन्दी, लकडाउन, लिपुलेक, लिम्पियाधुरा, कालापानी, नक्शा प्रकाशन, लोगो र चिन्ह परिवर्तन यि सबै हात्तिका देखाउने दाँत त होईनन् ?
देशको कार्यकारी आवेश, आवेग, उत्तेजना, ठट्यौली, अल्लारे र उग्रमहत्वकांक्षाले ओतप्रोत हुँदा अन्तराष्ट्रिय जगतमा पर्ने प्रभाव निरिह नागरिकमा आउने नैराश्यताको अनुमान लगाउन सक्ने क्षमता कति होला ? सर्वशक्तिमान, सम्पन्नशाली र दुरगामी ठान्नेले मपाई लाई बाहेक तपाईलाई भनेर औंला ठड्याको देख्दा वैराग जागेर आउछ । हिन्दी चलचित्र अत्याधिक हेर्ने हाम्रा प्रधानमन्त्री ज्यू “नायक” चलचित्रको अनिल कपुर बन्ने बोलेपनि अमरिश पुरी को रोल गर्नुभएको देखिन्छ । भोक पछिको भोजन र निन्द्रा व्युझिएपछिको ओछ्यान जस्तै धोविको कुकुर हुन बेर लाग्दैन ! “म विना कसै कसैलाई मुस्किल छ यो देशमा” संगै सति जाने बेला भएजस्तो लाग्छ । यतिबेला जल, जमिन, जंगल, जवानी र जनता कसका हुन् शव्दकोष हेर्नुहोला । गिदी भएका दिमाग नभएकाहरुको जमातको कमाण्ड गर्नेले बोलीको थान्को, वेलाको त्याग गरेन भने दुःख पाईस मंगले.........होला ।
९७ साल, ०७ साल, १७ साल, २७ साल, ३७ साल, ४७ साल, ५७ साल, ६७ साल, ७७ साल कुनै न कुनै रुपमा प्रस्फुटित छ ।
कोत, भण्डारखाल, अलौ, मकै खेती, चर्खा, गोर्खाल्याण्ड, झापा, भलका, सिज, जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन, गुट, उपगुट, भेला, बैठक, सभा, जुलुस, जुंगा, खुट्टा, सिङ्ग, पुच्छर, सत्ता, शक्ति, पद, प्रतिष्ठा, पावर, पैंसा प्रयोग को लडाईले अस्थिर बनाएको मुलुक र अत्तालीन बाध्य बनाएको सचेत नागरिकलाई अव प्रधानमन्त्रीले के दिनुहुन्छ ?
बाँदरको पुच्छर ! गोहीको आँशु ! केमिडिको वजार ! या नयाँ खालको भय र आतंक !
चुनौतिका चाङ भित्र लुकेको मार्मिक र मौलिक अवसरलाई अव के बनेर रुपान्तरण गर्नुहुन्छ ? रामायणको हनुमान वा आयोध्याको राम, कुरानको पैगम्वर वा पुराणको बिष्णु, यर्जुवेदको धनवन्तरी वा त्रिपिटकको वुद्ध, महाभारतको अर्जुन वा द्धापरयुगको कृष्ण................।
“आर्थिक समृद्धि र सामाजिक रुपान्तरण, बदलिदो परिस्थिति अनुरुपको पुस्ता हस्तान्तरण” यो टप लाईन वा बटम लाईन के हो ? साँवा अक्षर जानेका म जस्ता निरिह र बेसहाराको सानो खोपडिले यसको जवाफ खोजिरहेका छन् ।
रमेशकुमार खड्का
मुसीकोट नगरपालिका–२, रुकुम पश्चिम ।