Kakhara सबैको खबर सम्पूर्ण खबर
सिम्रुतु खोलामा तटबन्ध निर्माण सुरु 

रुकुम पश्चिमको त्रिवेणि गाउँपालिका वडा नम्बर २ को सिम्रुतु खोलामा तटबन्ध निर्माणको काम सुरु भएको छ । बर्षातको समयमा खोला ठुलो हुने हुँदा बिद्यालय क्षेत्रमा क्षेति नपुगोस भनेर तटबन्ध निर्माण गर्न लागिएको हो । त्रिवेणि मावि खोलाको नजिक भएकोले बर्षातको समयमा बालबालिकालाई पनि उतिकै जोखिम हुने गरेको छ । 

विद्यालयलाई कुनै समस्या नपरोस र बिद्यार्थीलाई पनि सहज होस भनेर तटबन्ध निर्माण गर्न लागिएको वडा नम्बर २ का वडा अध्यक्ष शोभाराम बोहराले बताउनुभयो । उहाँका अनुसार बिद्यालय नजिक निर्माण गर्न लागिएको तटबन्ध खानेपानी, सिँचाइ तथा उर्जा विकास कार्यालय रुकुम पश्चिमको १० लाख बजेटबाट निर्माण हुन लागेको हो । 

उक्त तटबन्ध असार मसान्तसम्म सक्ने गरि काम भैरहेको वडा अध्यक्ष बोहराले बताउनुभयो ।

प्रकाशित मिति: शनिबार, फागुन २१, २०७८  १४:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update