यसवर्षको यदु स्मृति पत्रकारिता पुरस्कार पत्रकार महेश केसीलाई प्रदान गरिएको छ । रुकुम पश्चिमबाट कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार केसीलाई आज उक्त पुरस्कार प्रदान गरिएको हो । रुकुम पश्चिमको चौरजहारीमा आज आयोजित २३ औं यदु स्मृति दिवस तथा २० औं यदु स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहबाट पुरस्कार वितरण गरिएको हो ।
कर्णाली प्रदेशका सभामुख राजबहादुर शाही र यदु स्मृति प्रतिष्ठानका अध्यक्ष सुजाता गौतम लगायतले पुरस्कार वितरण गर्नुभयो । यदु स्मिृत पत्रकारिता पुरस्कार छनौट तथा सिफारिस समितिले यस अघि नै पत्रकार केसीलाई पुरस्कृत गर्ने गरी यदु स्मृति प्रतिष्ठानमा सिफारिस गरेको थियो ।
पत्रकार केसी विभिन्न सञ्चार माध्यम हुँदै हाल कान्तिपुर टेलिभिजनमा कार्यरत हुनुहुन्छ । उहाँले अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिक, राजधानी राष्ट्रिय दैनिक, रेडियो सानीभेरी लगायतका आधा दर्जन बढी सञ्चार माध्यममा काम गरिसक्नुभएको छ । यदु स्मति प्रतिष्ठानले विगत २० वर्ष देखि हरेक वर्ष क्रियाशिल पत्रकारहरुलाई सम्मान गरिरहेको छ । नेकपा एमालेका तत्कालिन जिल्ला सचिव यदु गौतमको २०५५ फागुन २१ गते हत्या भएको थियो ।