सहिद परिवार समाज नेपाल बाँफिकोट गाउँपालिका रुकुम पश्चिमको दोस्रो भेला सम्पन्न भएको छ । नयाँ समिति निर्माण गर्दै आज भेला सम्पन्न भएको हो । भेलाले धनबहादुर खत्रीको अध्यक्षतामा १५ सदस्यीय सहिद परिवार नेपाल गठन गरेको हो ।सहिद परिवार नेपाल बाँफिकाेटकाे पालिका उपाध्यक्षमा टेकबहादुर केसीलाई चयन गरिएको छ । त्यस्तै सचिवमा करुणा मल्ल र कोषाध्यक्षमा मनकला पुन रहनुभएको छ ।
भेलामा धनबहादुर खत्रीले समाजको पहिलो समितिको आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । त्यस्तै सहिद प्रतिष्ठानको भवन निर्माणलाई छिटै तिव्रता विषयमा भेलामा छलफल भएको छ । भेलामा नेकपा माओवादी केन्द्रका नेता महेन्द्र केसी ‘पारमणि’, माओवादी केन्द्रका कन्द्रीय सुरक्षा विभाग सदस्य कलबहादुर नाथ ‘महान’, पार्टीका कर्णाली प्रदेश समिति सदस्य धर्मबहादुर केसी, चन्द्रबहादुर शाही, मनबहादुर बादी, पार्टीका पालिका समिति अध्यक्ष चन्द्रबहादुर केसी लगायतको आतिथ्यता रहेको थियो ।
धनबहादुर खत्रीको अध्यक्षता र टेकबहादुर केसीको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन करुणा मल्लले गर्नुभएको थियो ।