Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणिमा सहिदका परिवार र घाइतेलाई सम्मान

सहिद सप्ताहको अवसरमा रुकुम पश्चिमको त्रिवेणि गाउँपालिकामा रहेका सहिदका परिवार र घाइतेलाई सम्मान गरिएको छ । त्रिवेणि गाउँपालिकाले २०५२ सालदेखि सुरु भएको १० वर्षे जनयुद्धमा सहिद भएकाका परिवार र घाइतेहरुलाई सम्मान गरेको हो । शनिबार एक कार्यक्रमको आयोजना गरी गाउँपालिकाले ७४ जना शहिदका परिवारलाई खादा र प्रतिपरिवार एक÷एक वटा काँसको थाली प्रदान गरि सम्मान गरेको हो । त्यस्तै २ जना घाइतेलाई पनि सम्मान गरिएको छ ।

गाउँपालिकामा अन्य घाइते भएपनि अरुलाई विस्तारै सम्मान गर्दै जाने गाउँपालिकाले जनाएको छ । सहिद स्मृति भवन सिम्रुतुमा सहिद वेपत्ता घाइते योद्दा समुहका अध्यक्ष तथा गाउँपालिका उपाध्यक्ष निर्मला बिष्ट खड्काको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्तीको प्रमुख र नेकपा माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार सदस्य मिनवहादुर ओली होशियारको विशेष आतिथ्यता रहेको थियो ।

त्यस्तै नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश समिति सदस्य गणेश कुमार केसी, माओवादी केन्द्र त्रिवेणिका अध्यक्ष गणेशबहादुर खड्का, सचिव चन्द्रबहादुर खड्का लगायतको पनि उपस्थिति रहेको थियो । गाउँपालिकाका सामाजिक विकास संयोजक मोहनकिशोर ओलीको स्वागत मन्तव्य रहेको कार्यकरमको सहजिकरण गाउँपालिकाका कर्मचारी सुर्यकिरण चन्दले गर्नुभएको थियो ।

प्रकाशित मिति: आइतबार, फागुन २२, २०७८  १३:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update