साविकको रुकुम जिल्लाका ७० विद्यालयको वेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयको रिपोर्ट अनुसार भवन निर्माणका लागि विद्यालयमा गएको बजेटमा वेरुजु देखिएको हो । आर्थिक वर्ष २०७०/०७१ देखि आर्थिक वर्ष २०७४/०७५ सम्म विभिन्न आर्थिक वर्षमा विद्यालय भवन र शौचालय निर्माण तथा मर्मतका लागि गएको बजेटमा वेरुजु देखिएको शिक्षा विकास तथा समन्वय इकाई रुकुम पश्चिमले जनाएको छ ।
कार्यालयका अनुसार समयमा कार्य सम्पन्न नगर्दा धेरै विद्यालयमा वेरुजु देखिएको हो । कार्यालयले तत्कालै विरुजु फछ्र्यौट गर्न निर्देशन जारी गरेको छ । आवश्यक कागजात सहित कार्यालयमा आएर वेरुजु फछ्र्यौट गन विद्यालयहरुलाई भनिएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख ताराप्रकाश पुनले जानकारी दिनुभयो । गतवर्ष सम्म साढे ७ करोड बेरुजु फछ्र्यौट भएको उहाँले बताउनुभयो ।
अझै पनि ७० वटा विद्यालयको वेरुजु देखिएकाले उक्त विद्यालयहरुलाई पनि तत्काल वेरुजु फछ्र्यौट गर्न भनिएको उहाँले बताउनुभयो । समयमा काम सम्पन्न नगर्दा महालेखा परीक्षकको कार्यालयले अडिट गर्दा आवश्यक कागजात नपुगेकोले वेरुजु देखिएको उहाँको भनाई छ । अव आवश्यक कागजात पेश भएमा समपरीक्षण गरेर बेरुजु फछ्र्यौट हुने पुनले बताउनुभयो ।
साविकको रुकुम जिल्ला अहिले पश्चिम र पूर्व गरी दुई जिल्लामा विभाजन भएकाले दुवै जिल्लाका वेरुजु देखिएका विद्यालयहरुले शिक्षा विकास तथा समन्वय इकाई रुकुम पश्चिममा सम्पर्क गर्नुपर्ने छ । विद्यालयको भौतिक पूर्वाधार निर्माण शिर्षकमा २ कोठे, ४ कोठे र ८ कोठे भवन तथा शौचालय निर्माण र मर्मतका लागि २५ हजार देखि सबै भन्दा बढी ८ काेठे भवन निर्माणका लागि ६४ लाखसम्म बजेट जाने गरेको थियो । स्थानीय तह बनेपछि भने यो कार्यक्रम रोकिएको छ ।
वेरूजु देखिएका बिद्यालयहरूः