रुकुम पश्चिमको त्रिवेणि गाउँपालिका वडा नम्बर १ को दहभागेमा किसानहरुको सहजताका लागि पानी जम्मा गर्ने सिँचाई पोखरी निमार्ण गरिएको छ। हिउदँको समयमा तरकारी खेति गर्ने किसानलाई पानीको अभाव नहोस भनेर पानी जम्मा गर्ने सिँचाई पोखरी निमार्ण गरिएको हो । २७ हजार लिटर क्षमताका ५ वटा पाेखरी निर्माण गरिएकाे बताइएकाे छ ।
प्रति पाेखरी २ लाख ५० हजार लागत लागेकाे छ। मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तरगत दहभागेमा ४ वटा र लग्रमा १ वटा गरी जम्मा ५ वटा सिँचाई पोखरी निमार्ण गरीएको हाे । वडा नम्बर १ का वडा अध्यका मोहनकिशाेर ओलीका अनुुसार एउटा पोखरीबाट करिब १० घरपरिवारले लाभ लिने छन् ।
पाेखरी निर्माण गरिएपछि १ देखि २ रोपनी सम्म जमिनमा तरकारी लगाउने किसानलाई फाईदा पुग्ने उहाँले बताउनुभयो। यि पाेखरीमा आकाशे पानी र धाराबाट खेर गएको पानी जम्मा हुने छ । यि सिँचाई पोखरीका लागि कर्णाली प्रदेश सरकारबाट मुख्यमन्त्री राेजगार कार्यक्रम अन्तरगत १३ लाख बजेट प्राप्त भएको वडाले जनाएकाे छ ।