Kakhara सबैको खबर सम्पूर्ण खबर
नारी दिवसको अवसरमा मुसीकोटमा महिला भलिबल सुरु 

१ सय १२ औं नारी दिवसको अवसरमा रुकुम पश्चिमको सदरमुकाम मुसीकोट खलंगामा महिला भलिबल सुरु भएको छ । मुसीकोट नगरपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरीक शाखाले दिवसको अवसरमा प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिता खलंगाको बराहटाकुरामा चलिरहेको छ । प्रतियोगिताको मुसीकोट नगरपालिकाका उप प्रमुख प्रेमकुमारी सुनारले बिहान उद्घाटन गर्नुभएको हो । प्रतियोगितामा मुसीकोट नगरपालिका भित्रका ८ वटा टीमले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतियोगिता लिगकम नकआउट सिस्टममा खेलाईएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख छविलाल केसीले जानकारी दिनुभयाे । प्रतियोगिता संचालनको जिम्मा जिल्ला खेलकुद विकास समितिलाई दिईएको नगर महिला, बालबालिका तथा जेष्ठ नागरीक शाखाले जनाएको छ । प्रतियोगिताको विजेताले २५ हजार नगद र कप प्राप्त गर्ने छ । त्यस्तै उपविजेताले नगद १५ हजार र कप प्राप्त गर्दा तृतियले १० हजार पुरस्कार पाउने शाखाले जनाएको छ । आयोजकका अनुसार पुरस्कारमा २५ प्रतिशत कर कटौति हुने छ ।

त्यस्तै दिवसको अवसरमा महिला हिंसा न्युनिकरण सम्बन्धी सचेतनामुलक लोकगीत प्रतियोगिता पनि आयोजना गरिएको छ । उक्त प्रतियोगितामा नगरपालिका भित्रका महिलाहरुले समुहगत रुपमा सहभागिता जनाउन पाउने छन् । प्रतियोगितामा प्रथम हुनेले ५ हजार, द्धितियले ३ हजार, तृतियले २ र शान्त्वना हुनेले १ हजार रुपैंया प्राप्त गर्ने प्रमुख मल्लले बताउनुभयो । यसका साथै वालविवाह न्युनिकरणमा युवाहरुको भुमिका विषयक वक्तृत्वकला, कुर्सीरेस र घैटोफोर प्रतियोगिता पनि आयोजना गरिएको छ ।

साथै दिवसको दिन भोली र्याली सहित मञ्चको कार्यक्रम आयोजना गरिएको छ । यो वर्ष दिवसको नारा सामाजिक न्याय र लैंगिक समानता, दिगो विकासको सुनिश्चिता रहेको छ ।
 

प्रकाशित मिति: सोमबार, फागुन २३, २०७८  १५:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update