Kakhara सबैको खबर सम्पूर्ण खबर
सानीभेरी ५ मा रहेको दह नेटाको संरक्षण हुँदै 
दह नेटा ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ५ को दहनेटामा रहेको दहको संरक्षण गरिदै छन् । दहको वरीपरी पर्खाल र घेराबार गरेर संरक्षणको प्रयास थालिएको हो । मुख्यमन्त्री रोजगार कार्यक्रमबाट दह वरीपरी पर्खाल लगाईएको छ । दहनेटा पर्यापर्यटकिय जैविक विविधता तथा जलाशय संरक्षण समितिले दह वरिपरि १ सय ७४ मिटर लामो र डेढ मिटर अग्लो प्याराफिट सहितको पर्खाल लगाएको छ । अव तारजाली लगाएर घेराबार गर्न र गेट बनाउन बाँकी रहेको समितिका अध्यक्ष दिपक बाँठामगरले जानकारी दिनुभयो । 

कर्णाली प्रदेशबाट आएको १५ लाख बजेटबाट स्थानीयले रोजगारी पाउने गरी काम भइरहेको उहाँले बताउनुभयो । यस आयोजनाबाट स्थानीय ८१ जनाले करिब १ महिनाको रोजगारी पाएका छन् । दहनेटा पर्यटकिय स्थल तथा त्यहाँका स्थानीयको प्रमुख धार्मिक स्थल हो । दहनेटामा स्थानीयले भेडाको बलि दिएर वर्षमा ३ पटक पुजा गर्ने गर्छन् । २ हजार मिटरको उचाईमा रहेको दहमा बाह्रै मास पानी हुन्छ । यसको संरक्षण हुन लागेपछि स्थानीय हर्षित भएका छन् ।
 

प्रकाशित मिति: सोमबार, फागुन २३, २०७८  १६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update