Kakhara सबैको खबर सम्पूर्ण खबर
प्रभात मावि र महेन्द्र माविमा अनेरास्ववियू क्रान्तिकारीको मावि इकाई समिति 

रुकुम पश्चिमको मुसीकोट नगरपालिका १४ मा रहेको प्रभात मावि दोपाइमा अनेरास्ववियू क्रान्तिकारीको मावि इकाई समिति गठन गरिएको छ । आज भएको बिद्यार्थी भेलाबाट खड्क बोहराको अध्यक्षतामा ४९ सदस्यीय समिति गठन गरिएको हो । जसको उपाध्यक्षमा विशाल खड्का, सचिवमा लिला बिष्ट, सह सचिवमा आयुषा रोका र कोषाध्यक्षमा जीवन ओली रहनुभएको छ । त्यस्तै कक्षा ८, ९, १० र ११ मा कक्षाा इकाई समिति पनि गठन गरिएको अनेरास्ववियू क्रान्तिकारीले जनाएको छ । 

वडा नम्बर १३ को महेन्द्र मावि छिवाङ चौतारामा पनि संगठनको मावि इकाई समिति गठन गरिएको छ । आजै भएको बिद्यार्थी भेलाले बलबहादुर बिष्टको अध्यक्षतामा ७१ सदस्यीय समिति गठन गरेको हो । उपाध्यक्षमा नविन कलेल, विजय ओली र जानकी कलेल, सचिवमा पुष्पा बिष्ट, सह सचिवमा हिमकुमारी चन्द, हिमानी केसी र बिक्रम ओली तथा कोषाध्यक्षमा दिपेन्द्र ओली चयन हुनुभएको छ । कक्षा ८, ९, र १० सेक्सन इकाइ तथा ११ मा कक्षा इकाइ पनि गठन भएकाे छ । 

अनेरास्ववियू मुसीकाेटकाे कक्षा जाउँ अभियान अन्तरगत संगठन विस्तार गरिएकाे संगठनले जनाएकाे छ । भेलामा अनेरास्ववियू क्रान्तिकारीका जिल्ला अध्यक्ष नारायण केसी, जिल्ला उपाध्यक्ष बिशाल बिष्ट र जिल्ला सदस्य तथा नगर उपाध्यक्ष खिमला पुनमगरको उपस्थिति रहेकाे थियाे ।

प्रकाशित मिति: सोमबार, फागुन २३, २०७८  १७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update