रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ८ ले अपाङ्ग व्यक्तिहरुलाई बाख्रा वितरण गरेको छ । वडा भित्रका ग र घ वर्गको परिचय पत्र प्राप्त गरेका १४ जना नागरिक मध्य ६ जनालाई बाख्रा वितरण गरिएको वडा अध्यक्ष खर्कसिंह थापाले जानकारी दिनुभयो । अध्यक्ष थापाका अनुसार अरु ८ जनालाई यस अघि नै बाख्रा वितरण गरिएको थियो । लक्षित वर्गको एक लाख रुपैयाँबाट बाख्रा खरिद गरेर वितरण गरिएको हो ।
ग र घ वर्गको परिचय पत्र प्राप्त गरेका नागरिकहरुले सामाजिक सुरक्षा भत्ता नपाउने भएको हुँदा उनिहरुको जिविकोपार्जनामा सहजता आओस भनेर हरेक वर्ष लक्षित वर्गको बजेटबाट बाख्रा बितरण गर्दै आएको वडा कार्यालयले जनाएको छ । बाख्रा वितरण कार्यक्रममा सिस्ने गाउँपालिका उपाध्यक्ष गोरबधन बुढा, वडा अध्यक्ष थापा नेकपा माओवादी केन्द्रका सिस्ने ८ का वडा अध्यक्ष गोपाल पुन, पार्टी इन्चार्ज देबिलाल पुन(शक्ति), वडा सदस्य सहित लक्षित वर्गका नागरिकहरुको उपस्थिति रहेको थियो ।