शितल माविमा अनेरास्ववियू क्रान्तिकारीको मावि इकाई समिति गठन
रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर २ मा रहेको शितल माविमा अनेरास्ववियू क्रान्तिकारीको मावि इकाई समिति गठन गरिएको छ । सोमबार भएको बिद्यार्थीहरुको भेलाले नविन ओलीको अध्यक्षमा २९ सदस्यीय मावि इकाई समिति गठन गरेको हो ।
जसको उपाध्यक्षमा सुविक्षा रेग्मी र प्रेङका ओली, सचिवमा रेखा आचार्य, सह–सचिवमा रोशन गहतराज र सुधा यादव तथा कोषाध्यक्षमा पारस खड्का रहनुभएको छ । अनेरास्ववियू क्रान्तिकारी चौरजहारीका अध्यक्ष निर्मल केसीको प्रमुख आतिथ्यतामा संगठन विस्तार गरिएको हो ।
त्यस्तै संगठनका नगर सह सचिव अनुशा पुन, नगर सदस्य हिमबहादुर दमाई, हेमराज आचार्य, प्रतिभा श्रेष्ठको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन संगठनका नगर सचिवालय सदस्य सुरज ओलीले गर्नु भएको थियो ।
प्रकाशित मिति: मंगलबार, फागुन २४, २०७८ ०७:५८
प्रतिक्रिया दिनुहोस्