नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसीयल) मुसीकोटले संगठन विस्तारलाई तिव्रता दिएको छ । संगठन विस्तार अभियान अन्तरगत आज मुसीकोट नगरपालिका वडा नम्बर २ मा वडा समिति गठन गरिएको छ । खिमबहादुर बिकको अध्यक्षतामा ५२ सदस्यीय समिति गठन गरिएको हो । जसको उपाध्यक्षमा गणेश खड्का र कमल खड्का, सचिवमा सुमनराज खड्का, सह सचिवमा किरण खड्का र डम्बर बिक तथा कोषाध्यक्षमा विशाल खड्का रहनुभएको छ ।
त्यस्तै वडाका ६ वटा टोलमा इन्र्चाज पनि तोकिएको छ । १ नम्बर टोल सिस्नेखोलामा महेन्द्र खड्का, २ नम्बर टोल राउखेतमा लक्ष्मण खड्का, ३ नम्बर टोल जयरामपूर सुमन खड्का, ४ नम्बर टोल बाध्य खिमबहादुर बिक, ५ नम्बर टोल पुरुणडाँडा विकास क्षेत्रियाल र ६ नम्बर टोल सालिविसौनामा कमल खड्कालाई इन्चार्जको जिम्मेवारी दिईएको छ ।
वाइसीयलका कर्णाली प्रदेश सदस्य तथा मुसीकोट नगर इन्चार्ज डम्बर थापाको प्रमुख आतिथ्यतामा भएको भेलामा नेकपा माओवादी केन्द्रका जिल्ला समन्वय समिति सदस्य बिष्णुप्रकाश खड्का, नगर उपाध्यक्ष दलबहादुर खड्का, नगर सदस्य तथा वडा इन्चार्ज नरबहादुर खड्काको आतिथ्यता रहेको थियो ।
त्यस्तै वाइसियलका जिल्ला सचिवालय सदस्य तथा नगर उपाध्यक्ष अनिल खड्का, वाइसीयल जिल्ला सचिवालय सदस्य तथा मुसीकोट नगर सचिव राजु विक, नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका नगर उपाध्यक्ष दिलबहादुर सार्की, वाइसीयलका जिल्ला सदस्य संगम पुन, नगर सदस्य भिमबहादुर खड्का लगायतको पनि आतिथ्यता रहेको थियो ।