Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणि ३ को सेवा अव आफ्नै भवनबाट 
नवनिर्मित भवन उद्घाटन गर्दै त्रिवेणि गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्ती लगायत ।

रुकुम पश्चिमको त्रिवेणि गाउँपालिका वडा नम्बर ३ ले आफ्नै भवन निर्माण गरेको छ । चार कोठे भुकम्प पर्तिरोधि भवन निर्माण कार्य  सम्पन्न भएपछि आज उक्त भवनको उद्घाटन समेत गरिएको छ । भवनको गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्ती, उपाध्यक्ष निर्मला बिष्ट र जिल्ला समन्वय समितिका सदस्य टेकबहादुर ओली लगायतले उद्घाटन गर्नुभएको हो । 

यो भवन मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तरगतको १० लाख ७० हजार रकम खर्चिएर निर्माण गरिएको वडा कार्यालयले जनाएको छ । देश संघियतामा गएपछि बनेका प्राय वडाहरु आफ्नै भवन बिहिन छन् । त्रिवेणि गाउँपालिका वडा नम्बर ३ को पनि आफ्नै भवन नहुँदा स्कुलको पुरानो जिर्ण घरमा रहेको थियो । 

अब आफ्नै भवन बनेपछि भने काम गर्न सजिलो हुने वडाध्यक्ष मोहन ओलीले विश्वास व्यक्त गर्नुभयो । भवन उद्घाटन गर्दै प्रमुख अतिथि झक्कुप्रसाद घर्तिले गाउँपालिकामै पहिलो वडा भवन ३ नम्बरमा बनेको र यसले सेवा प्रवाहमा सहजता ल्याउने बताउनुभयो । अन्य वडाको पनि भवन निर्माणमा गाउँपालिका लागि परेको उहाँको भनाई थियो । 

उद्घाटन कार्यक्रममा त्रिवेणि गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष चन्द्रबहादुर खड्का, नेपाली काँग्रेसका त्रिवणि गाउँपालिका सभापनि दिपेन्द्रकुमार ओलीको पनि आतिथ्यता रहेको थियो । वडा प्राविधिक खिमबहादुर ओलीको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन वडा सहायक पहल गिरीले गर्नुभएको थियो ।
 

प्रकाशित मिति: मंगलबार, फागुन २४, २०७८  १३:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update