१ सय १२ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा रुकुम पश्चिमको सदरमुकाम मुसीकोट खलंगामा र्याली निकालिएको छ । मुसीकोट नगरपालिका तथा विभिन्न संघ संस्थाले दिवसको अवसरमा विभिन्न नारा तथा पम्प्लेट र व्यानर सहित र्याली निकालेका हुन् ।
खलंगाको पुष्पलाल चोकी देखि सुरु भएको र्याली त्रिवेणि चोक, कालिकास्थान, जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय हुँदै बराहटाकुरा टुँडिखेल पुगेको छ । र्यालीमा रहेका महिलाहरुले महिला हिंसा अन्त्य गरौं, हिसा पिडित महिलालाई न्याय दे, बलत्कारीलाई फाँसी दे, नारी दिवस सफल पारौं जस्ता नारा लेखिएका पर्चा पम्प्लेट बाकेका थिए भने नारा पनि लगाएका थिए ।
अहिले बराहटाकुरामा मञ्चको कार्यक्रम सुरु भएको छ । दिवसको अवसरमा लोकगीत, वक्तृत्वकला, कुर्सिरेस, घैटोफोर लगायतका प्रतियोगिता आयोजना गरिएको छ । दिवसको अवसरमा आयोजना गरिएको महिला भलिबल बिहान सकिएको थियो ।
तस्बिरः सर्मिला रसाइली (कखरा)