Kakhara सबैको खबर सम्पूर्ण खबर
महिला र युवाहरुको लागि व्यापार उद्यमशिलता प्रशिक्षण

नेपाल ख्रीष्टिय राहत सेवाले रुकुम पश्चिमको मुसीकोट नगरपालिकाका युवा तथा महिलाहरुको लागि व्यापार उद्यमशिलता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । युवा र महिलाहरुको आय आर्जन बढाउने र व्यवसाय गर्न सिकाउने उद्देश्यले कार्यक्रम गरिएको हो । कार्यक्रममा व्यापार, व्यवसाय, आम्दानी, बचत लगायतका कुरा सिकाइएको छ ।

प्रशिक्षण कार्यक्रममा सहभागि युवा तथा महिलाहरुले कार्यक्रम मार्फत विभिन्न कुरा सिकेको बताए । महिलाको आय आर्जनमा टेवा पुग्ने खालको कुराहरु सिकेको प्रशिक्षणमा सहभागि महिलाहरुको भनाई थियो । युवाहरुको लागि ५ दिन सम्म र महिलाहरुको लागि ४ दिन सम्म प्रशिक्षण कार्यक्रम चलेको हो । फरक–फरक समयमा सञ्चालन भएका प्रशिक्षण कार्यक्रममा नगरपालिकाका २५ जना युवा युवतिहरुको सहभागिता रहेको थियो ।

त्यस्तै ५ दिन सम्म सञ्चालन भएको प्रशिक्षणमा ५० जना महिलाहरुको सहभागिता रहेको थियो । सहभागिहरुलाई हिमालयन गर्जेज काठमाण्डौका प्रशिक्षक जेवी बोहोरा र राजुकुमार गौतमले विभिन्न कुरा सिकाउनु भएको नेपाल ख्रीष्ट्रिय राहात सेवाका स्थानीय परिचालक सूर्यप्रकाश शर्माले जानकारी दिनुभयो । समापन कार्यक्रममा मुसीकोट नगरपालिकाका उप प्रमुख प्रेमकुमारी सुनार, परियोजनाका रुकुम अधिकृत सेतलाल सुनार, लेखा अधिकृत पवन चापागाई लगायतको आतिथ्यता रहेको थियो ।
 

प्रकाशित मिति: मंगलबार, फागुन २४, २०७८  १८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update