नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी सानीभेरी गाउँपालिका रुकुम पश्चिमको अध्यक्षमा नौमती डाँगी ओली चयन हुनु भएको छ । सिम्लीमा भएको दोस्रो गाउँ सम्मेलनले डाँगीको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो । ५६ सदस्यीय समितिको उपाध्यक्षमा सिता पुन, मिना पुन र मनकुमारी पुन चयन भएका छन् ।
सचिवमा जयकुमारी विक सह सचिवमा विनिता मल्ल र कोषाध्यक्षमा जयकुमारी पुन चयन भएका छन् । अनेमसंघ क्रान्तिकारीकी केन्द्रीय सदस्य मिलन खड्काको प्रमुख आतिथ्यता माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोकाको विशेष आतिथ्यतामा सम्मेलन भएको थियो ।
सम्ममेलनको विशेष अतिथिमा सानीभेरी गाउँपालिका अध्यक्ष नरबहादुर पुन, कर्णाली प्रदेश समिति सदस्य विर्खबहादुर विष्ट, दिपेन्द्र विक, सानीभेरी गाउँपालिका अध्यक्ष भूपालसिङ ओलीको पनि आतिथ्यता रहेको थियो । इन्दिरा ओलीले सञ्चालन गरेको सम्मेलनको अध्यक्षता नौमती डाँगी ओलीले गर्नुभएको थियो ।