कांग्रेसको चुनावी अभियानका लागि रुकुम पश्चिममा थिङ र रुकुम पूर्वमा विक आउने
नेपाली कांग्रेसले देशैभर एक साथ चुनावी अभियान थाल्ने घोषणा गरेको छ । फागुन २९ गते एकै साथ सबै जिल्लामा चुनावी कार्यक्रम सुरु हुनेछन् । यसका लागि कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । चुनावी कार्यक्रमको सुरुवात गर्नका लागि देशैभर कांग्रेस प्रतिनिधि खटिएका छन् ।
रुकुम पश्चिम र पूर्वमा पनि कांग्रेसले केन्द्रीय प्रतिनिधि खटाएको छ । रुकुम पश्चिममा केन्द्रीय प्रतिनिधिमा शुशिला थिङ र रुकुम पूर्वमा रुपा विकलाई केन्द्रीय प्रतिनिधिका रुपमा खटाइएको छ । केन्द्रीय सदस्य मानबहादुर नेपालीलाई सुर्खेत जिल्लाको कार्यक्रमको लागि केन्द्रीय प्रतिनिधि तोकिएको छ ।
प्रकाशित मिति: बुधबार, फागुन २५, २०७८ ०८:३३
प्रतिक्रिया दिनुहोस्