Kakhara सबैको खबर सम्पूर्ण खबर
साधारण मावि मुरुडाँडामा आइसिटी ल्याब, सिसिटिभी र डिजिटल हाजिरी जडान

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ७ को साधारण माध्यामिक विधालय मुरुडाँडामा आइसिटि ल्याव, सिसी टिभि, डिजिटल हाजिरी जडान गरिएको छ । त्रिवेणी गाउपालिका शिक्षा शाखाको आर्थिक सहयोगमा विद्यालयमा विद्युतीय उपकरण जडानको काम भएको हो । त्रिवेणी गाउँपालिका शिक्षा शाखाको आर्थिक वर्ष २०७८/०७९ को ६ लाख ५० हजार बजेटबाट विद्यालयमा आइसिटि ल्याव ९ वटा सिसी टिभि ७ वटा र डिजीटल हाजिरी एक वटा जडान गरिएको हो । त्यसमै एउटा प्रिन्टर समेत राखिएको छ ।

विद्यार्थीहरुको सिकाइमा सहजता आउने  र शैशिक गुणस्तर अभिवृद्धिमा विधार्थीलाई सिकाइको विकास गर्ने उद्देश्य राखेर यो काम गरिएको प्रधानाअध्यापक भिमबहादुर बुढाथोकीले बताउनुभयो । डिजीटल हाजिर र सिसी टिभी पनि जडान गरिएकाले विद्यार्थीको   उपस्थिति नियमित हुने र विद्यार्थीले गर्ने सबै क्रियाकलाप देखिने भएकाले विद्यार्थी सचेत हुने उहाँले बताउनुभयो । उहाँका अनुसार कक्षा ६ देखी कक्षा १२ सम्मका विद्यार्थीलाई कम्प्युटर मार्फत पठनपाठन गराउने व्यवस्था मिलाइएको छ । 
 

प्रकाशित मिति: बुधबार, फागुन २५, २०७८  १०:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update