Kakhara सबैको खबर सम्पूर्ण खबर
वृहत यौनिकता शिक्षा कार्यक्रम सम्बन्धी समिक्षा तथा योजना तर्जुमा

रुकुम पूर्वका शिक्षकहरुको लागि वृहत यौनिक शिक्षा कार्यक्रम सम्वन्धि समिक्षा तथा योजना तर्जुमा कार्यक्रम मुसिकोट खंलगामा सुरु भएको छ । वृहत यौनिक शिक्षा कार्यक्रम लागु भएका जिल्लाका दुई पालिकाका शिक्षकहरुको लागि उक्त कार्यक्रम सुरु भएको हो ।

संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष नेपालको प्राविधिक सहयोग, अष्ट्रेलियन एडको आर्थिक सहयोग तथा शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरको सहकार्य र परिवार नियोजन संघ दाङको आयोजनामा कार्यक्रम सुरु भएको हो । भोली सम्म चल्ने कार्यक्रममा सिस्ने र भुमे गाउँपालिकाका २४ जना शिक्षक तथा शिक्षिकाहरुको सहभागिता रहेको छ । हाल रुकुम पुर्वका १७ वटा बिद्यालयहरुमा उक्त कार्यक्रम लागु भएको छ ।

जिल्लाको सिस्ने गाउँपालिकाको ९ वटा र भुमे गाउँपालिकाको ८ वटा बिद्यालयहरुमा वृहत यौनिक शिक्षा कार्यक्रम लागु भएको छ । कार्यक्रम लागु भएका ति बिद्यालयहरुले गरेका गतिबिधि, शिक्षकले सिकाउने कुरा र कार्यक्रम कार्यान्वयनमा देखिएका चुनौति लगायत बिषयमा छलफल हुने यूएन एफपीएका जिल्ला कार्यक्रम संयोजक भुवन सेजुवालले जानकारी दिनुभयो । कार्यक्रमका लागि प्रत्यक बिद्यालयमा शिक्षकरुलाई यौनिक शिक्षाको विषयमा प्रशिक्षण पनि दिने गरिएको छ ।

यौनिक शिक्षा कार्यक्रमको लागि प्रशिक्षण पाएका शिक्षकहरुको उपस्थितिमा आजबाट कार्यक्रम सुरु भएको उहाँको भनाई छ । बिद्यालयमा यौनिक शिक्षा दिदै गर्दा भएका समस्या समाधानका विषयमा त्रिभुवन विश्व बिद्यालयका प्रध्यापक डा. भगवान अर्यालले प्रशिक्षण दिनुहुने छ । कार्यक्रमको उदेश्यका बारेमा त्रिभुवन विश्व बिद्यालयका प्रध्यापनक डा. भगवान अर्यालले जानकारी दिनुभएको थियो । कार्यक्रम लागु भएका बिद्यालय मध्य ९ वटा बिद्यालयमा किशोर किशोरीमैत्री सुचना केन्द्र समेत रहेका छन् ।

नेपाल परिवार नियोजन दाङकी सचिव माया पौडेलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल परिवार नियोजन केन्द्रिय उपाध्यक्ष निर्मला गौतमको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै यूएन एफपीएका जिल्ला कार्यक्रम संयोजक भुवन सेजुवाल, भुमे गाउँपालिकाका शिक्षा अधिकृत कौसलकुमार तिवारी, सिस्ने गाउँपालिका शिक्षा अधिकृत मंगलसिङ बुढा लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको संचालन नेपाल परिवार नियोजक दाङ शाखाका प्रबन्धक वसन्त खनालले गर्नुभएको थियो ।।

प्रकाशित मिति: बुधबार, फागुन २५, २०७८  १४:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update