Kakhara सबैको खबर सम्पूर्ण खबर
जन्तिबस्ने लेकमा विभिन्न संरचना निर्माण हुँदै
सडक निर्माण गरिँदै ।

रुकुम पश्चिमको मसीकोट नगरपालिका वडा नं. १ मा पर्ने जन्तीबस्ने लेक र त्यहाँ सम्म पुग्ने बाटोमा बिभिन्न संरचना बन्ने भएका छन् । जन्तीबस्ने लेकलाई पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्न प्यारागलाईडिङ धामनमार्ग, प्रतिक्षालय, मन्दिर, पोखरी लगायत संरचना बनाउने काम भइरहेका छन् । मुख्यमन्त्री रोजगार कार्यक्रमको चालु आर्थिक वर्षको २० लाखमा बिभिन्न संरचना निर्माण हुने भएका हुन् । चालु आर्थिक वर्षमा दैरीढिक देखि गुप्तीखाल हुदै पातिहाल्ना सम्म ६ सय मिटर लम्वाई, ५ मिटर चौडा बाटो निर्माण गरिएको छ ।

त्यस्तै दैरीढिकमा आकाशेपानी संकलनको लागि पोखरी निर्माण गरिएको छ भने जन्तिबस्ने लेकमा राउन्ड पदमार्ग निर्माण गरिएको काम भैरहेको छ । त्यस्तै लेकमा एउटा मन्दिर र प्रतिक्षालय, घिमानेमुलमा प्रतिक्षालय, जन्तीबस्ने लेकमा बुद्धको मुर्ती, उक्त डाडामा हराएका जन्तीका शालिक पनि राखिने जन्ती ओलप्पे पर्यटकिय क्षेत्र विकास पुर्वधार निर्माण समितिका अध्यक्ष चन्द्रबहादुर केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार गत आर्थिक वर्षको मुख्यमन्त्री रोजगार कार्यक्रमको ३३ लाखमा घिमाने मुहान देखि दैरीढिक सम्मको ८ सय मिटर बाटो निर्माण गरिएको थियो । यो वर्ष पनि उक्त बाटोको स्तर उन्नतीका साथै मोड काट्ने, जाली लगाउने काम गरिने निर्माण समिति अध्यक्ष केसीको भनाई छ । जन्तीबस्ने लेकलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गरिने उहाँले बताउनुभयो । उक्त ठाउँबाट २०७३ सालमा प्यारागलाईडिङ परिक्षण गरिएको थियो ।

प्रकाशित मिति: बुधबार, फागुन २५, २०७८  १५:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update