Kakhara सबैको खबर सम्पूर्ण खबर
भूमेको तेस्रो राष्ट्रपति रनिङ शिल्ड महतमा
दोस्रो राष्ट्रपति रनिङ शिल्डमा सहभागि विद्यार्थीहरु ।

रुकुम पूर्वको भूमे गाउँपालिकाले चालु आर्थिक वर्षको गाउँपालिका स्तरीय तेस्रो राष्ट्रिपति रनिङ शिल्ड महतमा गर्ने भएको छ । ६ नम्बर वडाको जनजागृति मावि महतमा फागुन २८ गतेदेखि रनिङ शिल्ड सुरु हुने गाउँपालिकाले जनाएको छ । रनिङ शिल्ड प्रतियोगिता निर्देशन तथा व्यवस्थापन समितिको फागुन १७ गतेको बैठकले २८ गतेदेखि रनिङ शिल्ड आयोजना गर्ने निर्णय गरेको थियो ।

गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखका टेकबहादुर बुढाथोकीले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७० को चौथो संशोधन २०७६ को मंसिर १३ अनुसार खेलाइने जानकारी दिनुभयो । प्रतियोगितामा १८ वर्ष मुनिका र १२ कक्षा सम्मका नियमित विद्यार्थीले मात्रै सहभागिता जनाउन पाउने बुढाथोकीले बताउनुभयो । प्रतियोगितामा छात्र छात्रा भलिबल, कबड्डी खेल समावेश गरिएको छ । एथ्लेटिक्स, ट्रयाक तर्फका दौड गराइने छ । हाइजम्प, लङजम्प, सटफुट पनि प्रतियोगितामा समावेश गराइएको छ । 
 

प्रकाशित मिति: बुधबार, फागुन २५, २०७८  १५:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update