रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर ५ मा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको भातृ संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसीयल) नेपालको वडा समिति गठन गरिएको छ । सहिद प्रतिष्ठानको सभाहलमा भएको युवाहरुको भेलाबाट विनोद केसीको अध्यक्षतामा ३९ सदस्यीय समिति गठन भएको हो ।
जसको उपाध्यक्षमा लोकेन्द्र केसी र बिरेन्द्र अधिकारी, सचिव संगम खड्का, सह सचिव नवीन देबकोटा र अर्जुन परियार तथा कोषाध्यक्षमा कमला बोहरा केसी रहनुभएको छ । वाइसीयल मुसीकोटले संगठन विस्तार अभियानलाई तिव्रता दिएको छ । जसअनुसार नगरका सबै वडामा संगठन विस्तार गर्ने गरी वडा भेलाहरु भइरहेका छन् ।
नेकपा माओवादी केन्द्रका मुसीकोट नगर सचिव शुशिल गौतम, वाईसीयलका केन्द्रीय अनुशासन आयोग सदस्य भुषण रावल, अनेरास्ववियू क्रान्तिकारीका जिल्ला अध्यक्ष नारायण केसी, पार्टीका नगर समिति सदस्य नवराज केसी, वडा समिति उपाध्यक्ष मिनबहादुर केसी, नगर सदस्य विनोद ओली लगायतको उपस्थिति रहेको थियो ।