Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसीकोट क्याम्पस प्रगतिशिल प्राध्यापक संगठनको अध्यक्षमा ओली 

नेपाल प्रगतिशिल प्राध्यापक संगठन मुसिकोट खलंगा बहुमुखी क्याम्पस इकाइ कमिटीको दोस्रो अधिवेशन सम्पन्न भएको छ । बिहिबार मुसीकोट खलंगा बहुमुखी क्याम्पसको हलमा भएको अधिवेशनबाट हरिविष्णु ओलीको अध्यक्षतामा ५ सदस्यीय कमिटी निर्माण गरिएको छ । जसको सचिवमा गंगाबहादुर कार्की, कोषाध्यक्षमा हेमन्त आचार्य तथा सदस्यहरुमा हर्कबहादुर ओली र जगतबहादुर ओली रहनु भएको छ । हर्कबहादुर ओलीको अध्यक्षतामा भएको अधिवेशनमा संगठनका केन्द्रीय सदस्य ढुण्डीराज शर्माको प्रमुख आतिथ्यता रहेको थियो । 

नयाँ कमिटीले पठनपाठनलाई प्रविधिमैत्री र अनुसन्धानमुखी बनाउनु पर्ने, आंशिक प्राध्यापकहरुको पारीश्रमिक पुनरावलोकन गर्नुपर्ने, अस्थायी तथा करार प्राध्यापकहरुको स्थायी प्रक्रिया यथाशिघ्र अगाडी वढाउनु पर्ने, क्याम्पसमा विषयगत दरबन्दीको व्यवस्था गर्नुपर्ने र यसका लागि पहल गर्ने निर्णय गरेको छ । 

त्यस्तै दरवन्दीमा आंशिक प्राध्यापकहरुलाई प्राथमिकता दिनुपर्ने, पाँच ओटा आंगिक क्याम्पसका प्राध्यापक तथा कर्मचारीहरुलाई स्थानीय भत्ता उपलव्ध गराउनु पर्ने र एक विषयमा भर्ना हुनका लागि न्युनतम विद्यार्थी संख्या १० जना तोकिनुपर्ने र गणित तथा विज्ञान विषयमा न्युनतम मापदण्ड हटाउनुपर्ने माग पनि मध्यपश्चिम विश्वविद्यालय समक्ष गर्ने निर्णय समेत गरेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन २७, २०७८  १०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update