दुवै मृगौलामा समस्या आएर कोहलपुर मेडिकल कलेजमा उपचारत रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ८ का जगत सार्कीको उपचारमा आर्थिक अभाव भएको छ । उपचारमा समस्या भएपछि परिवारले सहयोगको याचना गरेका छन् ।
विगत १ बर्षदेखी देखि दुवै मृगौलामा समस्या भएपछि सार्कीको उपचारमा ठुलो रकम खर्च भइसकेको र अझै धेरै पैसा आवश्वक पर्ने भएपछि परिवारले सहयोगको अपिल गरेका हुन् । भएको जायजेथा र ऋण लिएको पैसा पनि सकिएकोले उपचार खर्च जुटाउन मुस्किल भएको छ । प्रत्यक हप्ता डायलाईसीस गर्नुपर्ने भएकोले उपचार खर्च जुटाउन निकै अफ्ठ्यारो भएको सार्कीकी श्रीमती मनकुमारी नेपालीले बताउनुभयो ।
सकेको सहयोग गर्न परिवारका सदस्यहरुले आफन्त, शुभचिन्तक सबैलाई आग्रह गरेका छन् । सहयोग गर्न चाहनेले नेपाल राष्ट्रिय बैंक चौरजहारीमा रहेको खाता नम्बर ४३३०१००००५०६००१० मा पैसा जम्मा गर्न सकिने श्रीमती नेपालीले बताउनुभयो । त्यस्तै सहयोग गर्न चाहनेले ९८४४८७७४५४ मा पनि सम्पर्क गर्न सक्ने बताईएको छ ।