Kakhara सबैको खबर सम्पूर्ण खबर
बाँफिकोटमा सहिद स्मृति भवन निर्माण 

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ४ मा सहिद स्मृति भवन निर्माण भएको छ । जनयुद्धका सहिदहरुको सम्झनामा वडाको कोटमा २ तले भवन निर्माण गरिएको हो । संघीय र प्रदेश सरकारको लगानीमा भवन निर्माण भएको नेकपा माओवादी केन्द्रका नेता महेन्द्र केसी पारषमणिले जानकारी दिनुभयो । 

भवन निर्माणको काम सकिएको र अव डेकोरेशनको काम र भवन वरीपरी कम्पाउण्डिङको काम बाँकी रहेको उहाँले बताउनुभयो । भवन निर्माणमा गत वर्ष संघीय सरकारको पूर्वाधार क्षेत्र विकास कार्यक्रमको ७० लाख र यो वर्ष प्रदेश सरकारको ४० लाख गरी कुल १ करोड ३० लाख खर्च भएको छ । 

यसबाट भवन निर्माण सहित कम्पाउण्डिङ र आवश्यक फर्निचर सहित अन्य डेकोरेशनका काम हुने नेता केसीले बताउनुभयो । उहाँका अनुसार २ तले भवनको पहिलो तला पुरै हलको रुपमा प्रयोग गरिएको छ भने दोस्रो तलामा ३ वटा कोठा रहेका छन् । यो भवन जनयुद्धका सहिद परिवार समाजको नाममा रहेको छ । 

यो भवनबाट नेकपा माओवादी केन्द्र बाँफिकोटले पार्टी गतविधि संचालन गर्ने बताईएको छ । यसका अलावा पार्टीका जनवर्गिय संगठनहरुले पनि भवन प्रयोग गर्ने छन् ।
 

प्रकाशित मिति: आइतबार, फागुन २९, २०७८  १६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update