वाइसीयल नेपाल रूकुम पश्चिम मुसीकाेट नगरपालिका १० काे दाेस्राे बैठक बसेकाे छ । संगठनका वडाध्यक्ष सुशील खड्काकाे अध्यक्षतामा बसेकाे बैठकले वडा समितिमा हेरफेर गरेकाे छ । अध्यक्ष बाहेक केही पदाधिकारी हेरफेर र सदस्यकाे संख्या ७५ पुर्याईएकाे वाइसीयल मुसीकाेट १० ले जनाएकाे छ ।
सुशील खड्कालाई नै निरन्तरता दिईएकाे छ भने उपाध्यक्षमा दिलिप कवर, धनिश बुढा र निराेज बिक, सचिव सराेज सुनार, सह सचिव गाेविन्द ओली र सुनिल खड्का तथा काेषाध्यक्षमा सिमलाल ओली चयन हुनुभएकाे छ । बैठकले ७५ सदस्यीय निर्वाचन परिचालन समिति पनि गठन गरेकाे छ । जसकाे संयाेजकमा संगठनका वडा इन्चार्ज अनिल खड्का रहनुभएकाे छ ।
वडामा रहेका ५ वटा टाेलमा इन्चार्ज समेत वाइसीयलले ताेकेकाे छ । खड्का टाेलमा सुनिल खड्का, गलमपाटीमा दिलिप कँवर, खर्सुपानीमा राजु कठायत, चाैरमा सिमलाल ओेली र नमुना वस्ति टाेलमा इन्चार्जकाे जिम्मा हिमाल परियारलाई ताेकिएकाे छ । वाइसीयलका केन्द्रीय अनुशासन आयाेगका सदस्य भूषण रावलकाे प्रमुख र माओवादी केन्द्रका नेता गाेप्यश्वर केसीकाे बैठकमा विशेष आतिथ्यता रहेकाे थियाे ।
त्यस्तै वाइसीयलका नगर इन्चार्ज डम्बर थापा, माओवादी केन्द्र मुसीकाेट नगर काेषाध्यक्ष जाेखिमाया कठायत, नगर सदस्य धनबहादुर खड्का, पार्टीका वडा अध्यक्ष जीतबहाद खड्का, वाइसीयल जिल्ला कार्यालय सदस्य अनिल खड्का, वडा सचिव अविनाश, वाइसीयलका नगर सदस्य खगेन्द्र राेकाय, नरेन्द्र कठायत, मगर संघ मुसीकाेट सदस्य धनेश बुढा मगर, प्रज्वल कठायत लगायतकाे पनि आतिथ्यता थियाे।।