रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नमबर ५ स्यार्पुमा होलीको अवसरमा लाग्दै आएको मेलामा बिभिन्न प्रतियोगिता हुने भएको छ । स्यार्पुमा प्रत्यक वर्ष होलीको दिन मेला लाग्ने गर्छ । यो वर्षको मेलामा वडामा रहेको सुन्दर समाज युवा क्लवले बिभिन्न प्रतियोगिता आयोजना गरेको हो ।
मेलामा महिला तथा पुरुष भलिवल प्रतियोगिता र सोलो वाईकरेस प्रतियोगिता आयोजना गरिएको क्लवका सचिव कर्णविर दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार पुरुष तर्फको भलिवलमा प्रथम हुने समुहले ५० हजार पुरस्कार सहित मेडल र प्रमाणपत्र पाउने छ । त्यस्तै दोस्रो हुने समुहले ३० हजार सहित मेडल र प्रमाण पत्र तथा प्रतियोगितामा तेस्रो हुने समुहले २० हजार सहित मेडल र प्रमाण पत्र पाउने छ ।
त्यस्तै महिला भलिवलमा प्रथम हुने समुहले समुहले १५ हजार सहित मेडल र प्रमाणपत्र, दोस्रो हुनेले १० हजार सहित मेडल र प्रमाणपत्र र तेस्रो हुने समुहले ७ हजार सहित मेडल र प्रमाण पाउने सचिव दाहालले जानकारी दिनुभयो । सोलो वाईकरेसमा तोकिएको दुरीमा सबै भन्दा ढिलो मोटरसाईकल पुर्याउने प्रथम हुने छ । प्रथम हुने १५ हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार पुरस्कार पाउने आयोजकले वताएको छ । मेला भोली देखि सुरु हुने छ । त्यस्तै मेलामा बिभिन्न किसिमका झाकी प्रर्दशनि गरिने बताईएको छ ।