Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणीमा ५ दिने आधारभूत पत्रकारिता तालिम सकियो 

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा ५ दिने आधारभुत  पत्रकारिता तथा उद्घोषण तालिम सम्पन्न भएको छ । प्रेस सेन्टर नेपाल  त्रिवेणी गाउँपालिकाको आयोजना र त्रिवेणी गाउँपालिकाको आर्थिक सहयोगमा तालिम भएको हो । तालिममा त्रिवेणी गाउँपालिका भित्रका १० वटै वडाबाट प्रशिक्षार्थी सहभागी भएको प्रेस सेन्टर त्रिवेणीले जनाएको छ । एक वडा एक पत्रकार उत्पादन गर्ने उद्देश्यले ५ दिने आधारभुत पत्रकारिता तथा उद्घोषण तालिमको आयोजना गरेको प्रेस सेन्टर त्रिवेणी गाउँपालिकाका अध्यक्ष कुबेर ओलीले बताउनुभयो । 

तालिममा ३५ जना सहभागि भएका थिए । उनिहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ भने उत्कृष्ट १० जनालाई पुरस्कृत समेत गरिएको ओलीले बताउनुभयो । प्रेस सेन्टर त्रिवेणीका अध्यक्ष कुबेर ओलीको अध्यक्षतामा भएको समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्तीको प्रमुख र जिल्ला समन्वय समितिका सदस्य टेकबहादुर ओलीको विशेष आतिथ्यता रहेको थियो । 

त्यस्तै कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार सदस्य मिनबहादुर ओली, पार्टीका गाउँपालिका अध्यक्ष गणेशबहादुर खड्का उपाध्यक्ष सुन्दर ओली, ६ नम्बर वडा अध्यक्ष राजेन्द्र पुन, वडा नम्बर ५ का सदस्य खड्के कामी, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य मेगराज खड्का, प्रदेश समन्वय समिति सदस्य विपेन पुनको पनि उपस्तिथि रहेको थियो ।
 

प्रकाशित मिति: सोमबार, फागुन ३०, २०७८  १७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update