Kakhara सबैको खबर सम्पूर्ण खबर
चौरजहारीमा युवाहरुका लागि मयूर नाच प्रशिक्षण सुरु 

मयूर नाँचको संरक्षण र युवा पुस्तालाई यस बारे जानकारी गराउन चौरजहारी नगरपालिकामा मयूर नाच तालिम सुरु भएको छ । नगरपालिकाको वडा नम्बर ४ मनकोटमा आजबाट तालिम सुरु भएको हो । नगरपालिकाको सहयोगमा सहिद स्मृति कला संस्कृति सरक्षण केन्द्रले तालिमको आयोजना गरेको हो । 

तालिममा चौरजहारी नगरपालिकाका सबै वडाबाट १ महिला र १ पुरुष गरी ३० जना युवाहरुको सहभागिता रहेको आयोजकले जनाएको छ । तालिमको मुख्य प्रशिक्षकमा कुमार घर्ती र सहायक प्रशिक्षकमा प्रान्ता केसी र तेरिया बुढाथोकी रहनु भएको छ । 

आयोजकका अनुसार उक्त तालिम ७ दिन सम्म चल्ने छ । त्यस्तै नगरपालिकामा सिंगारु, पैसेरु र दमाहा नाचको प्रशिक्षण पनि चलिरहेको छ । नगरपालिकाको वडा नम्बर १२ साना खोलामा तालिम जारी छ । युवा पुस्तालाई पुराना नाच प्रति आकर्षित गर्ने उदेश्यले प्रशिक्षण संचालन गर्न बजेट व्यवस्थापन गरिएको नगरपालिकाले जनाएको छ ।   
 

प्रकाशित मिति: सोमबार, फागुन ३०, २०७८  १८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update