त्रिभुवन जनता माध्यामिक विद्यालय खलंगा रुकुम पश्चिममा अनेरास्ववियू क्रान्तिकारीले सातौं मावि इकाई सम्मेलन सम्पन्न गरको छ । मंगलबार विहान भएको सम्मेलनले विनोद शेर्पालीको अध्यक्षतामा ३५ सदस्यीय नयाँ समिति चयन गरेको छ । उपाध्यक्षमा घनश्याम खड्का, कृष्णा डाँगी, सचिवमा दिलिपकुमार थापा चयन भएका छन् ।
सह सचिवमा जनक ओली, शर्मिला बुढाथोकी र कोषाध्यक्षमा मिना खड्का चयन भएका छन् । अनेरास्ववियू क्रान्तिकारी कर्णाली प्रदेश उपाध्यक्ष तुल देवकोटाको प्रमुख आतिथ्यतामा सम्मेलन भएको हो । कार्यक्रममा नेकपा माओवादी केन्द्र मुसीकोट नगर अध्यक्ष धिरण शेर्पाली, सचिव शुशिल गौतम, अनेरास्ववियू क्रान्तिकारी कर्णाली केन्द्रीय सदस्य जीवन खड्का, प्रदेश कार्यालय सदस्य शुशिल विष्ट, जिल्ला अध्यक्ष नारायण केसीको आतिथ्यता रहेको थियो ।
अनेरास्ववियू क्रान्तिकारी उपाध्यक्ष तथा नगर इन्चार्ज विशाल विष्ट, नगर उपाध्यक्ष खिमला पुन, कोषाध्यक्ष मेनुका खड्का लगायतको आतिथ्यता रहेको थियो । सम्मेलन आयोजक समिति संयोजक खुमराज ओलीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन चन्द्र ओलीले गर्नुभएको थियो ।