Kakhara सबैको खबर सम्पूर्ण खबर
दमका विरामी खड्के कामीलाई नगद सहयोग

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ५ का खड्के कामीलाई  आर्थिक सहयोग  प्राप्त भएको छ । दमका रोगी खड्के कामीलाई ८ हजार रुपैयाँ प्राप्त भएको हो । नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार सदस्य मिनबहादुर ओली होसियारले उक्त सहयोग गर्नुभएको हो । त्रिवेणी गाउँपालिका २, सिम्रुतुको सहिद स्मृति सभा हलमा कामीलाई उक्त सहयोग गरिएको हो ।  

१० बर्ष देखि दमले ग्रसित हुँदा ५ लाख रकम खर्च भैसकेको  र अरु खर्च अभाव रहेको कामीले बताउनुभयो । घरमा श्रीमान श्रीमती मात्रै रहेको आर्थिक अवस्था कमजोर रहेकाले आर्थिक सहयोग गरिदिन कामीले सबैलाई आग्रह गर्नुभएको छ । कमाइ गर्न सक्ने अवस्था नभएको र कमाउने मान्छे पनि नभएको कामीले बताउनुभयो । 

प्रकाशित मिति: मंगलबार, चैत १, २०७८  १५:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update