रुकुम पश्चिमको त्रिवेणि गाउँपालिका वडा नम्बर ७ कुरलमा रहेको बालकल्याण आधारभुत विद्यालयका अधिकांश विद्यार्थि विरामी परेका छन् । विद्यार्थीमा अत्याधिक ज्वरो आउने, खोकी लाग्ने जस्ता लक्षण देखिएको छ । विरामी परे पछि विद्यार्थि विद्यालय आउन छाडेको विद्यालयका प्रधानाध्यापक झुपलाल ओलीले जानकारी दिनुभयो । विद्यार्थिमा यस्तो समस्या देखिएको एक हप्ता जति भएको उहाँको भनाई छ ।
विरामी भएकै कारण अहिले विद्यालयमा पठन पाठन बन्द हुने अवस्था रहेको उहाँको भनाई छ । ३५ जना विद्यार्थीमा त्यस्तो खालको समस्या देखिएको प्रअ ओलीले बताउनुभयो । गर्मी सुरु भए पछि विद्यार्थिमा विभिन्न किसिमका स्वास्थ्य समस्या देखिने गरेको छ । विद्यार्थिमा देखिएको समस्या भाइरल ज्वरो हुन सक्ने प्रअ ओलीको भनाई छ । स्वास्थ्यमा समस्या देखिएका विद्यार्थिहरुको गाउँपालिकामा रहेका विभिन्न स्वास्थ्य संस्था तथा निजि मेडिकलहरुमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।