रुकुम पश्चिमको मुसीकोट नगरपालिकाका सबै वडामा नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसीयल) नेपालको वडा समिति बनाईएको छ । वाइसीयल मुसीकोट नगरपालिकाले १४ वटै वडामा भेला, सम्मेलन तथा बैठक गरेर वडा समिति बनाएको हो ।
वाइसीयल मुसीकोटले चैत्र ५ गते नगर सम्मेलन गर्दै छ । जसको तयारी स्वरुप सबै वडामा संगठन विस्तार गरिएको वाइसीयल मुसीकोट नगरपालिकाका इन्चार्ज डम्बर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार फागुन १९ गते ७ नम्बर वडाबाट सुरु भएको संगठन विस्तार अभियान सोमबार वडा नम्बर ४ मा पुगेर सकिएको हो ।
‘एक वुथ, एक सय युथ’को नारा अनुसार संगठन विस्तार गरिएको उहाँले बताउनुभयो । त्यस्तै वडामा युवाहरुकै नेतृत्वमा निर्वाचान रिचालन समिति समेत गठन गरिएको उहाँको भनाई छ । उक्त समितिले पार्टीलाई जिताउन भुमिका खेल्ने उहाँले बताउनुभयो । संगठन विस्तार अभियानबाट ७ सय २७ जना युवाहरु संगठनमा जोडिएको इन्चार्ज थापाले बताउनुभयो ।