Kakhara सबैको खबर सम्पूर्ण खबर
उपभोक्ता दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम

विश्व उपभोक्ता दिवसको अवसरमा रुकुम पश्चिममा पनि अन्तरक्रिया कार्यक्रम भएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजनामा प्रशासनको हलमा कार्यक्रमको गरिएको हो । अन्तरक्रियामा विभिन्न सरोकारवालाहरु विच उपभोक्ता हक, हितको विषयमा छलफल भएको थियो । कार्यक्रममा बोल्दै मुसीकोट नगरपालिकाका प्रमुख देविलाल गौतमले उपभोक्ताको हितको लागि स्थानीय सरकारले बिभिन्न कार्यक्रम गरेको बताउनुभयो ।

बिभिन्न समयमा मुसीकोट नगरपालिकाले वजार अनुगमण, व्यवसायि तथा व्यापारीसंग अन्तरक्रिया कार्यक्रम गर्नुका साथै उपभोक्ताहरुलाई सचेत हुन आग्रह गरेको उहाँले बताउनुभयो । त्यस्तै बजारमा हुने कालो वजारी, ठगि तथा नापतौलको विषयमा पनि सबै सचेत हुनु पर्ने उहाँको भनाई थियो । स्थानीय सरकार उपभोक्ताहरुको हक हितको लागि सधै अग्रसर भएको उहाँको दावी थियो । त्यस्तै प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले उपभोक्त पनि बिभिन्न ठाउँमा सचेत हुनु पर्ने बताउनुभयो । उपभोक्ताहरुलाई ठग्नेहरुलाई कार्वाही गर्दा पनि अटेर गर्ने भएकाले उपभोक्ता आफै सचेत हुनुपर्ने उहाँको भनाई थियो ।

अन्तरक्रिया कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर पुनले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । प्रजिअ घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख गौतमको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक धुर्वकुमार श्रेष्ठ, उद्योग वाणिज्यसंघ रुकुमका संयोजक पहल खड्का, रुकुमेली क्याम्पसका प्रमुख मिनबहादुर पुन, विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: मंगलबार, चैत १, २०७८  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update