रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ५ स्यार्पुमा होली मेलाको अवसरमा विभिन्न प्रतियोगिता सुरु भएका छन् । प्रत्यक वर्ष लाग्ने होली मेलामा यो वर्ष विभिन्न प्रतियोगिता आयोजना गरिएको हो । वडा नम्बर ३ का अध्यक्ष चन्द्रबहादुर केसीले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।
मेलामा महिला तथा पुरुष भलिवल प्रतियोगिता र स्लो बाईकरेस प्रतियोगिता आयोजना गरिएको क्लवका सचिव कर्णविर दहालले जानकारी दिनुभयो । उहाँका अनुसार पुरुष तर्फको भलिवलमा प्रथम हुने समुहले ५० हजार पुरस्कार सहित मेडल र प्रमाणपत्र पाउने छ ।
त्यस्तै दोस्रो हुने समुहले ३० हजार सहित मेडल र प्रमाणपत्र तथा प्रतियोगितामा तेस्रो हुने समुहले २० हजार सहित मेडल र प्रमाणपत्र पाउने छ । त्यस्तै महिला भलिवलमा प्रथम हुने समुहले समुहले १५ हजार सहित मेडल र प्रमाणपत्र, दोस्रो हुनेले १० हजार सहित मेडल र प्रमाणपत्र र तेस्रो हुने समुहले ७ हजार सहित मेडल र प्रमाण पाउने सचिव दहालले जानकारी दिनुभयो ।
सोलो वाईकरेसमा तोकिएको दुरीमा सबै भन्दा ढिलो मोटरसाईकल पुर्याउने प्रथम हुने छ । प्रथम हुने १५ हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार पुरस्कार पाउने आयोजकले वताएको छ । आजबाट महिला तथा पुरुष भलिवल सुरु भएको छ भने सोलो वाईक रेस भने ३ गते हुने छ । पुरुष भलिवलमा १६ टिम र महिलामा ५ समुहले भाग लिएका छन् ।