नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र बाँफिकोट गाउँपालिका रुकुम पश्चिमले सबै वडामा निर्वाचन परिचालन समिति गठन गरेको छ । वडामा रहेका प्रदेश समिति सदस्य, जिल्ला समन्वय समिति सदस्य, गाउँपालिकाका पदाधिकारीमध्यबाट संयोजक बनाएर वडा निर्वाचन परिचालन समिति गठन गरिएको हो ।
पार्टीका गाउँपालिका अध्यक्ष चन्द्रबहादुर केसीले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पालिका र वडा स्तरका निर्वाचन परिचालन समिति गठन गरिएको जानकारी दिनुभयो । दश वटै वडामा निर्वाचन परिचालन समिति गठन भएर पनि निर्वाचन परिचालनका काम सुरु भइसकेको अध्यक्ष केसीले बताउनुभयो ।
गाउँपालिकाको पूर्ण बैठकबाट वडा निर्वाचन परिचालन समिति गठन गरिएको हो । १ नम्बर वडाको निर्वाचन परिचालन समितिको संयोजकमा गाउँपालिकाका पार्टी सचिव हर्कु मल्ललाई तोकिएको छ । २ नम्बर वडाको निर्वाचन परिचालन समितिको संयोजकमा कर्णाली प्रदेश सदस्य मनबहादुर वादी, ३ नम्बर वडाको निर्वाचन परिचालन समितिको संयोजकमा गाउँपालिका सचिवालय सदस्य बेगमप्रसाद देवकोटालाई तोकिएको छ ।
४ नम्बर वडाको निर्वाचन परिचालन समितिको संयोजकमा कर्णाली प्रदेश सदस्य धर्मबहादुर केसी, ५ नम्बर वडाको निर्वाचन परिचालन समितिको संयोजकमा कर्णाली प्रदेश सदस्य तथा पार्टीको गाउँपालिका इन्चार्ज चन्द्रबहादुर शाही तोकिनुभएको छ । ६ नम्बर वडाको निर्वाचन परिचालन समितिको संयोजकमा जिल्ला समन्वय समिति सदस्य मनोजकुमार अधिकारी, ७ नम्बर वडाको निर्वाचन परिचालन समितिको संयोजकमा पालिका सचिवालय सदस्य नगेन्द्र रिजाल तोकिनुभएको छ ।
८ नम्बर वडाको निर्वाचन परिचालन समितिको संयोजकमा जिल्ला समन्वय समिति सदस्य मनबहादुर केसी, ९ नम्बर वडाको निर्वाचन परिचालन समितिको संयोजकमा जिल्ला समन्वय समिति सदस्य कविराम खत्री र १० नम्बर वडाको निर्वाचन परिचालन समितिको संयोजकमा पालिकाका सहसचिव हरि चन्दलाई तोकिएको छ ।
निर्वाचन परिचालन समितिमा वडामा रहेका जिल्ला समन्वय समिति सदस्य, गाउँपालिका सदस्य, वडा समितिका सबै सदस्य र पार्टीका सबै भातृ संघ,संगठनका पदाधिकारी तथा सदस्यहरु छन् । माओवादीले पालिका स्तरीय निर्वाचन परिचालन समितिको संयोजकमा नेता महेन्द्र केसीलाई तोकेको छ ।