Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसीकोटडाँडामा गेट बन्दै


रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ४ को मुसीकोटडाँडा नजिकै गेट निमार्णको काम सुरु भएको छ । मुसिकोट नगरपालिकाको आर्थिक सहयोगमा मुसीकोटडाँडामा जान गेट निमार्ण हुन लागेको हो । गेट निमार्णको लागि मुसिकोट नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को लागि ९ लाख बजेट बजेट विनियोजन गरेको छ ।

सोही बजेटबाट गेट बनाउन थालिएको निमार्ण समितिका अध्यक्ष टिकाराम पुनले जानकारी दिनुभयो । गेट निमार्ण भएपछि टाढाबाट आउने पर्यटकहरुले पनि मुसीकोटडाँडाको बारेमा थप जानकारी पाउने र घुम्न आउनेको संख्या बढ्ने अनुमान गरिएको अध्यक्ष पुनले बताउनुभयो ।

गेट निर्माणको काम असार मसान्तसम्म सक्ने गरी काम भइरहेको छ । मुसीकोटडाँडा पर्यटकीय स्थल हो । पछिल्लो समय यहाँ घुम्न आउनेहरु बढ्दै गएका छन् । यहाँ अरु विभिन्न संरचना पनि बनाइएको छ । शिनबार तथा अन्य विदाको दिनको साथै सबै दिन घुम्नेहरुको संख्या ठूलो रहेको स्थानीय शेरबहादुर पुनले बताउनुभयो । 
 

प्रकाशित मिति: बुधबार, चैत २, २०७८  ०७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update