Kakhara सबैको खबर सम्पूर्ण खबर
सिस्ने गाउँपालिकाको अब आफ्नै लोगो

सिस्ने गाउँपालिकाले आफ्नै लोगो बनाएको छ । स्थानीय तह बनेपछि पहिलो पटक सिस्ने गाउँपालिकाले आफ्नै लोगो बनाएको हो । लोगो बनाएर पनि हिउँदे अधिवेशनबाट पारी गरिएको छ । सिस्ने गाउँपालिकाको पहिचान झल्कने गरी लोगो बनाइएको दावी गाउँ कार्यपालिकाको छ । पहिल्यै बनाउनुपर्ने भएपनि विविध कारण ढिला हुन गएको लोगो तयार भएर पनि गाउँसभाबाट पास भएको कार्यपालिका प्रवक्ता जीवन केसीले जानकारी दिनुभयो । उहाँका अनुसार गोलाकार भित्र सिस्नेमा रहेका प्राकृतिक तथा अन्य स्रोत उल्लेख गरिएको छ ।

कमलदहले सबै दहहरुको प्रतिनिधित्व गर्छ भने जंगल जनावर, हिमाल र जंगली जडिबुटी राखिएको छ । गाउँपालिकामा पाइने सबै स्रोत प्रष्ट समेटिने गरी प्रतिनिधिमूलक ढंगबाट लोगो तयार पारिएको हो । अब यो लोगो सञ्चालनमा आउने छ । हरेक कार्यक्रम, ब्यानर र सबैतिर लोगो प्रयोगमा आउने गाउँपालिका अध्यक्ष कुमारी बरालले बताउनुभयो । ‘गाउँ सभाबाट पारीत भएपछि औपचारीक रुपमा लोगो बनेको छ,’ अध्यक्ष बरालले भन्नुभयो, ‘अर्थ दिने गरी बनाइएको लोगो प्रयोग अब सबैतिर हुन्छ ।’ अब गाउ“ सभा सदस्यहरुले पनि लोगो लाउनेछन् । यस अघि लोगो नभएका कारण गाउँ सभा सदस्यहरु लोगोविनै सभामा सहभागि हुने गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, माघ १, २०७७  १६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update