नेपाली कांग्रेसको भातृ संगठन तरुण दल नेपाल रुकुम पश्चिम त्रिवेणि गाउँपालिकाका दोस्रो अधिवेशन स्थगित भएकाे छ । वडा नम्बर ७ को मुरुडाँडामा भएको अधिवेशनमा अध्यक्षका लागि सहमति जुट्न नसक्दा पुरानै अध्यक्ष नविन खड्कालाई अध्यक्ष बनाएर ६१ सदस्यीय तदर्थ समिति गठन गरिएकाे छ । अध्यक्षका लागि ४ जनाकाे दाबि थियाे । सहमतिमा नेतृत्व चयन नभए कसरी अगाडि बढ्ने भन्ने केन्द्रिय सर्कुलर नहुँदा अहिले तत्काललाई तदर्थ समिति बनाएर अधिवेशन स्थगित गरिएकाे नेपाली कांग्रेस त्रिवेणिका सभापति दिपेन्द्रकुमार ओलीले जानकारी दिनुयभो ।
अध्यक्षका लागि मख्य गरी खड्का सहित ४ जनाको दाबेदारी देखिएको थियो । वडा नम्बर ७ का खिमराज पुन, वडा नम्बर ७ कै लिलबहादुर पुन र वडा नम्बर ९ का भरत गिरीको अध्यक्षमा दाबि थियो । तरुण दलको गाउँपालिका समितिमा २ जना उपाध्यक्ष, एक जना सचिव, २ जना सह सचिव र एक जना कोषाध्यक्ष रहने व्यवस्था छ । अधिवेशनको नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय उपाध्यक्ष खड्क डाँगीले उद्घाटन गर्नुभएको थियो । अधिवेशनमा तरुण दलका जिल्ला अध्यक्ष लोकेन्द्र केसी लगायतको पनि उपस्थिति रहेको थियो ।
यसअघि अध्यक्ष मात्र ताेकेर सकियाे तरूण दल त्रिवेणिकाे अधिवेशन भन्ने समाचार पाेष्ट हुन पुगेकाेमा सच्याइएकाे छ-सम्पादक