Kakhara सबैको खबर सम्पूर्ण खबर
फेरियो त्रिवेणि मावि सिम्रुतु 
विद्यालयमा रहेकाे कम्प्युटर ल्याब ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर २ सिम्रुतुमा रहेको त्रिवेणी माध्यामिक विद्यालय पछिल्लो समय व्यवस्थित बन्दै गएको छ । २०३९ सालमा स्थापना भएको बिद्यालयमा अहिले बाल शिक्षा देखि कक्षा १२ सम्म पढाई भइरहेको छ । विद्यालयमा अहिले कक्षा ११ र १२ मा व्यवस्थापन, शिक्षा र प्राविधिक कृषि बाली विज्ञान १८ महिने र ३ वर्षे पढाई भैइरहेको छ । बालशिक्षा देखि कक्षा १२ सम्म ९ सय ९१ जना विद्यार्थी अध्यनरत छन भने कृषि प्राविधिक बाली विज्ञानमा ६९ जना बिद्यार्थी अध्यनरत छन् । सबै गरेर अहिले त्रिवेणि माविमा १ हजार ६० जना बिद्यार्थी छन् । यो विद्यालय नमूना विद्यालय हो ।

प्रधानाध्यापक डिल्लीबहादुर मल्ल कार्यकक्षमा ।

२०७४ असार २५ गते  नमुनाका रुपमा छनौट भएपनि कार्यान्वयन भने आर्थिक वर्ष २०७५/०७६ भएको प्रध्यानाध्यापक डिल्लीबहादुर मल्लले बताउनुभयो । नमुनाका रुपमा छनौट भएदेखि विद्यालयमा ५ करोड बजेट प्राप्त भैसकेको उहाँले बताउनुभयो । आर्थिक वर्ष २०७६/०७७ मा १ करोड ५० लाख र २०७७/०७८ मा १ करोड आएकामा ७० लाख भौतिक निमार्णमा खर्च भएको छ भने ३० लाख शैक्षिक विकासमा लगानी भएको प्रअ मल्लले बताउनुभयो । चालु आर्थिक वर्ष पनि १ करोड लगानीमा विद्यालयको भवन निमार्ण भैरहेको उहाँले बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिको बैठक हल तथा अध्यक्षको कार्यकक्ष ।

अहिले त्रिवेणि माविमा ४ वटा पक्कि भवन छन् । एउटा जस्ताले छाएको भवन छ । ५ वटा भवनका ३३ वटा कोठा संचालनमा छन् । जसमध्य दुई कोठा कम्प्युटर ल्याबको लागि छुट्याएको छ । ३६ वटा कम्प्युटर प्रयोगमा छन भने १ जना शिक्षकको व्यवस्था गरिएको छ । विद्यालयमा एउटा इनट्याटिङ बोर्ड, एउटा स्मार्ट बोर्ड, कृषि विज्ञान प्रयोगशाला र एउटा पुस्तकालयको व्यवस्था छ । विद्यालय व्यवस्थापन समितिको छलफलका लागि छुट्टै कोठाको पनि व्यवस्था रहेको छ । विद्यालयमा हरेक महिनाको अन्तिम दिन स्टाफ मिटिङ बस्ने गरेको छ ।

 
कृषि विज्ञान प्रयाेगशाला ।

विद्यालयमा ३२ जना शिक्षक, कर्मचारी कार्यरत छन् । गाउँपालिका अनुदानमा ६ जना, स्थायी रुपमा कार्यरत १४ जना अन्य १२ जनालाई विद्यालयले आफै व्यवस्थापन गरेको प्रअ मल्लको भनाई छ । प्रअ मल्ल समग्र विद्याययको व्यवस्थापनमा खटिनु भएको छ । उहाँले कक्षा लिन छाडेको ३ वर्ष भयो । बिहान १० देखि अपरान्ह् ४ बजेको ड्युटी मान्त्र नभएर आफु हरपल विद्यालयको विकासका लागि खटिएको उहाँ बताउनुहुन्छ । उहाँ २०७३ साल देखि प्रअको भुमिकामा हुनुहुन्छ । आफ्नो कार्यकालमा विद्यालयलाई कसरी हुन्छ सबै पक्षमा नमुना बनाईराख्न मल्ल कस्सिनुभएको छ । विद्यालयको भौतिक पूर्वाधार प्रयाप्त रहेको र अव शैक्षिक गुणस्तर विकासमा ध्यान केन्द्रित गरेको उहाँले बताउनुभयो ।  

 
 
कम्युटर ल्याब ।

प्रकाशित मिति: शुक्रबार, चैत ४, २०७८  १५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update