झट्ट हेर्दा अलि बिछिट्ट लाग्छ, अलि फरक लाग्छ, छ त्यस्तै प्रकृतिको बरदान त्यो जलजला,................
जलजला ! झट्ट सुन्दा याद आउँछ त्यो द्धन्द्धकालको गीत
तिम्रै निम्ति बरु यो ज्यान गईजाला
तिमीसंग गहिरो माया बस्यो जलजला
वर्गिए मायाले बाधि राखौला
दुश्मनको नजरबाट लुकाइ राखौला
वास्तव मै यो गीतले अझैँ पनि सम्झना ल्याउछ मनमा । त्यो बेला सानो छदाँ सुनेको । स्कुलमा माओवादीले गीत गाएको र नाचेको साच्चिकै त्यस्तै रहेछ जलजला । आज महशुस गर्न पाँए । शसस्त्र द्धन्द्धमा माओवादीको संघर्ष स्थल जलजला समुन्द्र सतह देखि करिब ३ हजार १ सय ५० मिटरमा अवस्थित रहेछ । त्यो स्थल, हरेक संघर्षको भूमी । आजको गणतन्त्रको उपज स्थान । माओवादीको जन्म स्थल जलजला । झट्ट हेर्दा घाँसे मैदान जस्तै देखिने त्यो ठाँउ कपासमा टेकेर हिडे जस्तो महशुस हुन्छ ।
लुम्बिनी प्रदेशको रोल्पा जिल्लाको थबाङ गाँउपालिकामा यो ठाउँ पर्छ । ऐतिहासिक महत्व बोकेको थबाङबाट चलाबाङ हुदै करिब ४—५ घन्टाको उकाली बन जङगलको बाटो हिडेपछि बिकट पारीको प्राकृतिक सौन्दर्य बोकेको क्षेत्र, स्थल जलजला पुगिदो रहेछ । यहाँ पुग्नको लागि अन्य बाटो पनि प्रयोग हुँदा रहेछन् । जस्तै, जेलबाङ, थबाङ, मिरुल समेतबाट यस स्थलमा पुग्न सकिदो रहेछ । पक्कै पनि हरेक किसिमको महत्व बोकेको जलजला स्वार्गको टुक्रा नै रहेछ । धार्मिक, साँस्कृतिक, प्राकृतिक, जैविक विविधता र राजनैतिक इतिहास बोकेको स्थल जलजला नेपालको एक प्रमुख स्थल हो ।
१. धार्मिक तथा साँस्कृतिक गरिमा जलजला
जलजला धार्मिक तथा साँस्कृतिक महत्वको गरिमाको रुपमा चिनिन्छ । बराहको बासस्थान रहेको यस क्षेत्रलाई स्थानीय भाषामा ‘गामा लेख’ भनेर चिनिन्छ । १२ भाई बराह र १२ बहिनी बजुहरुको जन्म जलजलाको भामा पुम (ओडार)मा भएको भन्ने जनविस्वास रहेको पाईन्छ । कुनै जमानामा जलजलाको जङ्गलमा बराह र उनका सौतेनी आमाका छोराहरुको लडाई हुँदा बराह घाइते भएको अबस्थामा थबाङ्गी रोकाय गोठालाले जलजला जङ्गलमा ग्वाला गएको बेला भेटाएको हुन रे अनि बराहले हामीलाई ओढारमा लैजाऊ भने पछि गोठालाले हामी सबै कुरा खाने जात हो हामीले छुन मिल्दैन भनेपछि बराहले गोठालोलाई तिमी जे माग्छौँ माग म दिन्छु भन्दा गोठालाले सन्तान मागेको अबदेखि हामीलाई सबै कुरा तिम्रो हातबाट चलाउनु भनेपछि बराहलाई ती गोठालाले जलजला पुगेर भुईमा राख्दा त्यहाँ पानी खाएर पतन भएको भन्ने किम्वदन्ती रहेको छ । बरदानको रुपमा सन्तान प्राप्त गरे देखि नै त्यहाँ विभिन्न किसिमका समस्या समाधान हुने र सन्तान प्राप्ती हुने जन विस्वास रहेको पाईन्छ । निःसन्तानले त्यहाँ जाने र सन्तानको बर माग्ने गरिदो रहेछ ।
त्यसपछि त्यहाँ बराहको पुजा गर्न सुरु भएको भन्ने स्थानीय बासिन्दाको भनाई छ । त्यस बेलादेखि त्यहाँ पुजारी थबाङ्गबासी रोकाय मगर भएको पाईन्छ । त्यस बेला देखि बैशाख, जेष्ठ र साउने पूर्णिमाको दिन हजारौ संख्यामा भेडा र कुखुराको बली दिई पुजा आजा गर्नुका साथै ठूलो मेला लाग्ने गरेको छ । जुन आज सम्म पनि निरन्तर छ । त्यस क्षेत्रमा १२ भाई बराहले पानी खाएको पोखरी अझै पनि देख्न सकिन्छ । त्यस ओढारमा बिशेष गरी जेठो बराह सत देव, माईलो कैलु बराह, रानी बजु र चल्ली बराहलाई पुजा गरेता पनि जलबराह जस्ता अरु बराहको मन्दिर रहेका छन् । जहाँ ५ ठाँउमा पुजा गरिन्छ । यस ओढार भित्र सानो पानीको कुवा रहेको छ । जहाँबाट पानी तानेर ल्याउने चलन छ । यो पानी विभिन्न प्रयोजनमा प्रयोग गरिन्छ । त्यस कुवाको पानी कहिल्यै रितिदैन, भने यस क्षेत्रको माटो कसैले लिन मिल्दैन । यदि लगेमा बराहको बासस्थान पनि माटोसँगै जाने र त्यसलाई जहाँ राख्यो त्यस ठाँउमा बराहको पुजा गर्नुपर्ने विश्वास छ ।
२. प्राकृतिक तथा जैविक विविधताको अनुपम
नेपाल आफैमा जैविक विविधताले धनी देश हो । यहाँ ५ किसिमका हावापानी, बन र माटो पाइनुका साथै करिब १ सय १८ किसिमका जैविक विविधता पाइन्छन् । समशितोष्ण कोणधारी वन, ठण्डा समशितोष्ण हावापानी र हिमाली माटो पाइन्छ । यस क्षेत्रमा सिमसार क्षेत्र पनि रहेको छ । In this region have Aquatic Ecosystem and Ecological Biodiversity.
Freshwater Ecosystem
(The freshwater ecosystem is an aquatic ecosystem that includes lakes, ponds, rivers, streams and wetlands. These have no salt content in contrast with the marine ecosystem.)
Ecological Biodiversity
(An ecosystem is a collection of living and non-living organisms and their interaction with each other. Ecological biodiversity refers to the variations in the plant and animal species living together and connected by food chains and food webs.It is the diversity observed among the different Ecosystems in this a region.)
वरिपरि ठूलो जंगल बिचमा घाँसे मैदान । यहाँको प्रमुख विशेषता प्राकृतिक सुन्दरता हो । यस मैदान भित्र फूल्ने फूलहरुले स्वर्गको आभास दिलाउने गर्दछन् । वरिपरि स–साना थुम्का र त्यही थुम्काको बिचमा पानीका पोखरी अनि त्यहि थुम्काबाट चुहावट हुने जल र त्यही जलबाट बनेको खोला नै जलजला खोला हो । त्यही खोलाबाट बनेका झरणा यस क्षेत्रका मूख्य आर्कषक हुन् । यहाँ पाइने धुपी, बाँज, सेतो गुराँस, लालीगुराँस, १० प्रकारका लालीगुराँस, भोजपत्र, लेकाली सल्लाहरु लगायत अन्य वनस्पति, विभिन्न प्रकारका जडिबुटी अवलोकण गर्न पाइन्छ । साथै यस क्षेत्रमा डाँफे, मुनाल, कालिज, बदेल, रेड पाण्डा, बाघ, भालु, झारल, मृग र रतुवा लगायतका जनावर पाईने स्थानीयको भनाई छ । यस क्षेत्रबाट धवलागिरी र सिस्ने हिमालको दृश्य नजिकैबाट अवलोकन गर्न पनि सकिन्छ ।
३ ऐतिहासिक तथा राजनैतिक धरोहर
तत्कालिन सशस्त्र द्धन्द्धमा माओवादी छापामारको उद्धगम स्थल जलजला हो । जनयुद्ध सुरु भएपछि यस क्षेत्रलाई बासस्थान र प्रशिक्षण स्थलको रुपमा माओवादीले प्रयोग गरेको पाईन्छ । यस क्षेत्रको वास्तव मै आफ्नो इतिहास छ । तत्कालिन जनमूक्ति सेनाले प्रशिक्षण गरेको स्थल र चलाबाङ देखि जलजला सम्मको जलजला जंगल भित्र बनाइएको त्यो बाटो आफैमा गरिमामय छ । चलबाङ देखि करिब ४–५ घण्टाको यात्रा पछि जलजला पुग्न सकिन्छ । यो क्षेत्र रोल्पा जिल्लाको बिकट क्षेत्र समेत हो । पक्कै पनि आज पनि सशस्त्र द्धन्द सम्झिदा रोल्पा, रुकुम अग्र स्थानमा आउछन् ।
एक जना स्थानीयको भनाई अनुसार रोल्पा जिल्ला पश्चिमको रत्न हो रे । तत्कालिन समय वि.सं. २०५८ जेठ महिनामा रोल्पा र प्युठानको सिमा नजिकै लिस्ने लेखमा माओमादी छापामार र शाही नेपाली सेना विच ठूलो लडाई भएको थियो । यस क्षेत्रका पूर्खाले भने अनुसार बाईसे चैबिसे राज्यहरुमा अन्य ठाउँ जस्तै यस क्षेत्रमा राजाहरुले राज्य गर्दथे रे । यस जिल्लाको बास्तबिकता अध्ययन गर्न गजुलकोटमा काठमा लेखिएको वि.सं. १७०३ को अभिलेख पठ्न सकिने स्थानीय बताउँछन् ।
वास्तव मै रमणिय, हिमाली पर्यटकिय र गौरवमय इतिहास बोकेको जलजला देशको सिंहदरबारदेखि पर रहेको छ । सिंहदरबारले यो क्षेत्रका समस्या देख्दैन् । हिजो यो ठाउँलाई प्रयोग गरेकाहरुले पनि बिर्सिसके । सञ्चार, बिद्युत जस्ता विकासका आधारभूत पूर्वाधारले समेत जलजला जोडिएको छैन् । देश संघियतामा गए पनि यो क्षेत्रको चोला फेरिएको छैन् । सायद आज पर्याप्त मात्रामा विकासका पूर्वाधार पुगेको भए यो रत्न हिरामा परिणत हुन्थ्यो । नत त्यस क्षेत्रका मानिसको जीवन शैली परिवर्तन भयो नत सेवा सुविधा पर्याप्त छ । प्राकृतिक सुन्दरताको खानी विकासमा खडेरीको सामना गरिरहेको छ । यस ठाउँको पर्यटनलाई विकास गर्ने हो भने मात्र पनि यसको मुहार फेरिन सक्छ । झन यस ठाँउमा फूल्ने फूलहरु र सिमसार क्षेत्र देशी तथा विदेशी अध्ययन तथा अनुसन्धानकर्ताहरुका लागि सुनौलो गन्त्वय हो ।
लेखक वातावरण शास्त्रका बिद्यार्थी हुन् ।